कोरोना भाइरस नेपालः दोस्रो चरणको खोप अभियानमा ५५ वर्षमाथिका नागरिक पनि

नवयुग संवाददाता
१० फाल्गुन २०७७, सोमबार १२:३४

Advertisement

काठमाण्डौँ । गतेदेखि सुरु हुने दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई पनि संलग्न गराउने योजना सरकारले बनाएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक अधिकारीले दिएका छन्।

Advertisement

दोस्रो चरणका लागि आवश्यक कोभिड खोप अहिले नियमित खोप कार्यक्रम सञ्चालन हुने गरेका २,००० भन्दा बढी खोप केन्द्रसम्म पुर्‍याउने योजनामा सरकार भएको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताएका छन्।

Advertisement

पहिले ६० वर्षमाथिका मात्रै भन्ने थियो, अब त्यो उमेर समूहलाई ५५ बनाएका छौँ। औषधि पसल र प्रयोगशालामा काम गर्नेहरू, विश्वविद्यालय र विद्यालयमा काम गर्ने सबै कर्मचारी र सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीलाई पनि समावेश गरेका छौँ,ू डा। अधिकारीले भने।

Advertisement

नेपालले भारतबाट ल्याएको कोभिड खोपबारे हामीलाई के थाहा छ
कोभिड खोप लगाउने मेरो पालो कहिले आउँछ ?

पहिलो चरणमा स्वैच्छिक रूपमा जोखिममा रहेका पेसा र व्यवसायका मानिस तथा भिडभाडमा काम गर्ने कर्मचारीदेखि स्थानीय तहका पदाधिकारीलाई खोप दिइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*