कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै मालिकार्जुन

नवयुग संवाददाता
१० फाल्गुन २०७७, सोमबार १२:४२

Advertisement

दार्चुला । मालिकार्जुन गाउँपालिकाले सरोकारवाला निकायका सहयोगमा कृषि र पशु क्षेत्रलाई प्रवद्र्धन गर्ने भएको छ । बेरोजगार युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने ध्येयले गाउँपालिकाले ती दुई क्षेत्रलाई थप विकास र विस्तार गर्न लागेको हो ।

Advertisement

कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न गाउँपालिकाले पहल समेत थालेको छ । कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पु¥याउनेसम्मका योजना अघि सारिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

Advertisement

मालिकार्जुनले यस वर्ष कृषि क्षेत्रका लागि मात्र सात लाख रुपैयाँ बजेट विनियोजन गरेको सो शाखा प्रमुख रमेशराज जोशीले जानकारी दिए । गत दुई वर्षमा कृषि पेशालाई यान्त्रीकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर युवाहरुलाई विभिन्न कृषि औजार वितरण गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आबद्ध गराउने खालका कार्यक्रम यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धाँमीले जानकारी दिए ।

कृषि गर्न चाहने युवालाई जीविकोपार्जन गर्ने खालका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष धाँमीका अनुसार नमूना फलफूल क्षेत्र विकास कार्यक्रमका लागि मालिकार्जुनको रु सात लाख, कृषि ज्ञानकेन्द्रको रु १० लाख तथा जनश्रमदान गरी रु २० लाखको लागत रहने गरी साझेदारी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

यस कार्यक्रममार्फत गाउँपालिकाको वडा नं २ को न्वालपानी, वडा नं ३ को मलबाब, वडा नं ४ को गोठ्युडी, वडा नं ५ को हरडा तथा वडा नं ८ को कोटिला (कोट) क्षेत्रमा ओखरको बोट खरीद गरी कृषकलाई वितरण गरिने जनाइएको छ ।

स्थानीय निकाय र ज्ञान केन्द्रबीच साझेदारीपत्रमा हस्ताक्षर भएको केन्द्रका प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिए । यस वर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

परम्परागत तथा निर्वाहमुखी कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न लागि परेको अध्यक्ष धाँमीले बताए । गाउँपालिकाले यस वर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*