कालिञ्चोक पुगेर सकियो ‘मनसँग मन’
काठमाडौँ । फिल्म ‘मनसँग मन’को छायाँकन सकिएको छ । कालिञ्चोकको रमणिय स्थानमा ‘सही दिउँला तिम्रो लागि’ बोल रहेको गीतको छायाँकनसँगै फिल्म सकिएको निर्माण युनिटले जानकारी दिएको छ ।
गीतमा पुष्प खड्का र वर्षा सिवाकोटीको रोमान्टिक अवतार समेटिएको छ । जसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् ।
कैलाश राईको निर्देशन रहेको फिल्मको अरुण तामाङ निर्माता हुन् । सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको एक्सन छ ।
आगामी २७ चैत्रमा रिलिज हुने बताइएको फिल्ममा पुष्प र वर्षाकै मुख्य भूमिका रहेको छ ।
