हेटौंडामा स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप हुने

नवयुग संवाददाता
२०७७, १० फाल्गुन सोमबार १७:४९

Advertisement

मकवानपुर । हेटौंडामा स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल तेस्रो संस्करण २०७७ आयोजना हुने भएको छ ।

Advertisement

मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी यही फागुन २७ गते देखी चैत्र ७ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । हेटौंडाको बनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेल मैदानमा हुने प्रतियोगितामा नेपालका ए– डिभिजन क्बल सहित १० उत्कृष्ट टिमको सहभागिता रहने आयोजक मकवानपुर फुटबल संघले जनाएको छ ।

Advertisement

प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैया सहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५ लाख सहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै सर्वोउत्कृष्ट खेलाडीलाई नगद ५० हजार, विधागत तर्फ उत्कृट पाँच खेलाडीलाइ जनही २५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

जिल्लाका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा हुने प्रतियोगितामा अनुमानित ९४ लाख ४० हजार ५ सय रुपैया लागतमा प्रतियोगिता सम्पन्न गरिने प्रतियोगिता संयोजक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*