दम्पतीलाई आक्रमण गरी बेपत्ता पारिएको भन्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध

नवयुग संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १०:३७

Advertisement

महोत्तरी । महोत्तरीको पिपरा-५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले यातायात अवरुद्ध गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर सडकमा गाडी ठप्प पारेका हुन् ।

Advertisement

राति सुतेका सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीय गीतादेवी बेपता भएका हुन् । राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको झाका नाति सुजितकुमारले बताए । घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको उनको भनाइ छ।

Advertisement

दुवै जना सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । दुवै जनाको खोजी भइरहेको छ,’ उनले भने । बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

झाको घरमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए । स्थानीयका अनुसार झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति हुन् । उक्त मुद्दा अदालतमा विचाराधीन छ । जग्गावालासँग झाको विवादसमेत भएको स्थानीयले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*