हेटौंडाको चौकीटोलमा दुई सुमो ठोक्किँदा ११ जना घाइते

नवयुग संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १२:४६

Advertisement

मकवापुर । हेटौंँडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्।

Advertisement

मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलमा दुई सुमो एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन्।

Advertisement

हेटौंँडाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो एकआपसमा ठोक्किँदा दुबै सुमोमा सवार ११ जना घाइते भएका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको बताए। उनले घाइतेहरुको अवस्था सामान्य रहेको बताए।

प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*