हेलमेट र मास्क नलाउँदा प्रहरी कारबाहीमा अभिनेता विवेक ओवराय

नवयुग संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १३:३४

Advertisement

बलिउड अभिनेता विवेक ओवरायलाई मुम्बई पुलिसले जरिवाना तिराएका छन्। बलिउड हंगामाका अनुसार विवेकले भ्यालेन्टाइन्स डेको दिन हेलमेट र मास्कबिना बाइक चलाएको हुनाले कारवाहीमा परेका हुन्।

Advertisement

फेबुअरी १४, भ्यालेन्टाइन डेमा विवेकले श्रीमती प्रियंका ओवरायसँग बाइक राइड गरेको भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका थिए। उनले पोस्टसँगै क्याप्सनमा लेखेका थिए, ‘भ्यालेन्टाइन डेको सुरूवात मेरो प्रियजनसँग। मेरी श्रीमती अनि ऊ ! स्फुर्तिदायी राइड !’

Advertisement

विवेक र प्रियंका हार्ले डेभिडसनमा मुम्बई सहर घुमेका देखिएका हुन्। विवेकले हेलमेट मात्र होइन, मास्क पनि लगाएका थिएनन्। कोरोना महामारीमा भारतीय सरकारले मास्क अनिवार्य गरेको छ। यस्तोमा मास्क नलगाएर उनले सरकारले बनाएको मापदण्ड तोडे।

Advertisement

अभिनेताको भिडिओ सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि सान्टा क्रुज ट्राफिक पुलिसले हेलमेट नलगाएकोमा भारु ५ सय रूपैंया जरिवाना लगाएका हुन्। उनीविरूद्ध मुम्बईस्थित जुहु पुलिस थानाले भने फेब्रुअरी १९ मा मास्क नलगाएको कसुरमा एफआइआर दर्ता गर्यो।

पुलिसहरू गत शुक्रबार अभिनेता विवेकको बयान रेकर्ड गर्न गए। तर, पछि थाहा पाए कि उनी हाल दिल्लीमा छन्।

विवेकले फेबुअरी २० तारिकमा ट्विटरमार्फत आफ्नो गल्ती भएको भन्दै माफी मागेका थिए। उनले मुम्बई पुलिसलाई आफ्नो गल्ती महशुस गराइदिएकोमा धन्यवाद भनेका छन्।

‘मायाले मलाई कुन मोडमा ल्याइदियो ! नयाँ बाइक र मेरी मायासँग घुम्न हिडेँको थिएँ। तर बिना हेलमेटका कारण चिट काटियो१’ विवेकले ट्विटरमा लेखेका छन्, ‘हेलमेटबिना बाइक चलाउँदै हुनुहुन्छरु मुम्बई पुलिसले चेकजाच गर्नेछ१ मलाई मेरो ज्यानको सुरक्षाबारे बुझाइदिनु भएकोमा धन्यवाद मुम्बई पुलिस। सुरक्षित रहनु, हेलमेट र मास्क अनिवार्य लगाउनू।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*