आगलागी हुँदा पेट्रोल पम्प जलेर नष्ट, १ जना घाइते

नवयुग संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १३:४३

Advertisement

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्स (पेट्रोल पम्प) मा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा मंगलबार बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् ।

Advertisement

घाइते श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

Advertisement

यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ । कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीका कारण खुल्न सकेको छैन । रासस

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*