छोरीको दरबन्दीमा बाबु जागिरे

नवयुग संवाददाता
२०७७, ११ फाल्गुन मंगलवार १३:४९

 

Advertisement


पर्सा । पर्साको सुदूरपश्चिमको स्थानीय तह ठोरी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगी पदमा छोरीको दरबन्दीमा बुबाले काम गरिरहेको पाइएको छ । ठोरी गाउँपालिका–५ मा रहेको स्वास्थ चौकीमा कार्यरत कार्यालय सहयोगी शर्मिला रुम्बाको ठाउँमा उनका बुबा कृष्णबहादुर रुम्बाले कार्यालय सहयोगीको रूपमा काम गरिरहेको पाइएको हो ।

Advertisement

शर्मिला गाउँपालिकाको तर्फबाट करार सेवामा काम गरिरहेकी थिइन् । उनको गत महिना विवाह भयो । विवाह गरेर चितवन गएपछि उनको ठाउँमा उनका बुबाले नै कार्यालय सहयोगीको रूपमा स्वास्थ चौकीमा काम गरिरहेको स्थानीयले बताएका छन् ।

Advertisement

विवाह भएर गएपछि शर्मिला तलब बुझ्न र करारको म्याद थप गर्नका लागि मात्र कार्यालय आउने गरेको स्थानीयले बताएका छन् । शर्मिला हिजोमात्र करारको म्याद थप गराई पुनः चितवन घर गएको स्थानीयको भनाइ छ । तर, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले आफूलाई शर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुनै जानकारी नआएको र छोरीको नाममा बुबाले काम गर्न नपाउने भन्दै यस विषयमा तत्काल छानबिन गरिने र त्यस्तो भेटिए कानुनअनुसार कारबाही गरिने बताए ।

Advertisement

स्वास्थ्य संयोजक रमेशराज थिङ्ले शर्मिला बिहे गरेर गएको आफूलाई जानकारी भएको तर कार्यालयमा उनको बुबाले काम गरिरहेको बारे जानकारी नभएको भन्दै तुरुन्तै सत्यतथ्य बुझ्न अनुगमन गर्ने बताए । गाउँपालिकामा काम गर्ने कर्मचारी आउने नआउने जानकारी नै नहुने प्रमुख प्रशासकीय अधिकृत र शाखा संयोजकको गैरजिम्मेवारी जवाफले भने स्थानीय अचम्मित भएका छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरूको खटन पटन प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखा संयोजकहरूको हुने भए पनि प्रमुख प्रशासकीय अधिकृत र शाखा संयोजकको जवाफले गाउँपालिकाका कर्मचारीहरूको कार्यशैली उजागर भएका ठोरीका स्थानीयको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*