अमेरिका देखि अष्टेलियासम्म जान्छ नेपाली चिउरा, ६ महिनामा ११ करोडको कारोबार

नवयुग संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १४:३१

Advertisement

नेपालबाट चालु आर्थिक बर्षको ७ महिनामा ११ करोड बराबरको चिउरा निर्यात भएको छ । भन्सार बिभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन देखि माघ मसान्त सम्ममा ११ करोड ६४ लाख ९३ हजारको चिउरा बाहिरिएको हो ।

Advertisement

नेपालबाट ८ बटा देशमा तयारी चिउरा निर्यात हुँदै आएको छ । सबैभन्दा धेरै अमेरिका र अस्ट्रेलिया निर्यात हुदै आएको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट पछिल्लो ७ महिनामा ६३ लाख बराबरको चिउरा अमेरिका निर्यात भएको छ भने २५ लाख बराबरको चिउरा अस्ट्रेलिया निर्यात भएको छ ।

Advertisement

यस्तै ७ महिनामा ५५ लाख ७९ हजारको चिउरा बेलायत निर्यात भएको छ भने जापान, बेल्जियम, हङकङ, कोरीया र भारतमा गरी २७ लाख ५७ हजारको चिउरा बाहिरिएको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*