रेखा थापालाई पुष्कर भट्टको प्रश्न स् पढाउन काठमाडौं ल्याएका राउटेहरु कहाँ छन् ?
अभिनेत्री रेखा थापाको समाजसेवामाथि अर्का अभिनेता पुस्कर भट्टले गम्भीर प्रश्न उठाएका छन्। पछिल्लो समय मागेर समाजसेवी नहुने तर्क राख्दै आएकी अभिनेत्री थापामाथि मंगलबार सामाजिक सञ्जालमार्फत भट्टले प्रश्न उठाएका हुन् ।
उनले हिम्मतवाली’ फिल्म प्रदर्शनका बेला उच्च शिक्षा दिने भनेर काठमाडौं ल्याएका राउटेहरु अहिले कहाँ छन् रु भन्दै रेखामाथि प्रश्न गरेका छन्। रेखाले फिल्म प्रमोसनका लागि राउटेलाई प्रयोग गरेको आरोप उनले लगाएका छन् ।
ुहिम्मतवाली’ फिल्म प्रमोसनका रेखा थापा फाउन्डेसनमार्फत काठमाडौं ल्याएर हल(हल डुलाउँदै नजानिँदो तरिकाले फिल्म प्रमोसनका लागि सोझा राउटेलाई प्रयोग गरेर जुन चर्चा बटुल्न सफल त हुनु नै भयोु, उनले भनेका छन्, ुतर त्यसको भोलिपल्टै राउटेहरु कहाँ गए, कता गए र कसरी गए रु कुनै समवेदना र भावना तपाईंसँग छरु आजको मितिसम्म जान्न पनि चाहनु भएको छ रेखाजी रु’
उनले फाउन्डेसनका लागि २(३ करोड रुपैयाँ क्यानडाको एक संस्थाले सहयोग गरेको पनि खुलाएका छन् । ‘यो सबै गर्ने पैसा तपाईंलाई कहाँबाट आएको थियो रु तपाईंले छातीमा हात राखेर जवाफ दिनुपर्छु, उनले भनेका छन्, ुकरिब २र३ करोड तपाईंको आफ्नै थियो कि क्यानडाको कुनै संस्थाको थियोरु त्यो बेला तपाईंले चन्दा माग्दा जायज हुनेरु अहिले केही समाजसेवीहरुले माग्दा तपाईंलाई असह्य हुनेरु’
उनले समाजसुधारका लागि सहयोगी भावना राखेर काम गरिरहेकालाई प्रश्न गर्नुभन्दा पहिला रेखा थापा फाउन्डेसनले के गर्यो भनेर हेक्का राख्न पनि सुझाएका छन्। समाजमा प्रेरणा बन्छु भन्ने कलाकारबाट समाजलाई दिगभ्रमित पार्ने अभिव्यक्ति दिने छुट नभएको उनले बताएका छन्। भाषणबाहेक १५ प्रतिशत मात्रै समाजका लागि काम गरेर देखाउन पनि उनले सुझाए।
ुरेखा थापा फाउन्डेसनको म्यानेजर तथा सक्रिय सदस्यको नाताले मैले राखेको प्रश्नको उत्तर रेखा थापाबाट सार्वजनिक रुपमा पाउने आशामा छुु, उनले भनेका छन्, ुधेरै पत्रिकाले फाउन्डेसन उद्घाटन गर्दा मुख्य समाचार बनाउनु भएको थियो। तर फाउन्डेसनले के गर्यो, के गर्दैछ रु फलोअप समाचार बनाउन पर्दैनथ्यो रु यो प्रश्न मेरो सम्पूर्ण मिडियाका साथीहरुलाई पनि हो।
