सामाजिक सञ्जालमा सीमा विवादबारे पोस्ट गर्ने सात पक्राउ

नवयुग संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १६:१६

Advertisement

काठमाडौं । सामाजिक सञ्जालमा चीनको प्रहरीले भारत–चीन सीमामा भएको झडपमा मारिएका सैनिकबारे नकारात्मक पोस्ट गर्ने सातजनालाई पक्राउ गरेको छ । गत वर्षको जुन महिनामा भारतीय सैनिकसँगको झडपमा परी पाँच चिनियाँ सेनाको मृत्यु भएको बीबीसी समाचारमा जनाइएको छ ।

Advertisement

बीबीसी समाचारमा जनाइए अनुसार उक्त घटनाबारे नकारात्मक पोस्ट गर्दै बहादुर सैनिक र शहीदको अपमान गरेको आरोपमा चीनले सातजनालाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement

सन् २०१८ मा चीनले मानिसहरुलाई मुलुकका हिरो र शहीदहरुको अपमान गर्न नपाउने कानुन ल्याएको थियो । चाइनाडेल्लीका अनुसार यो मुद्दामा समातिएका उनीहरुलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्ने नियम छ ।

Advertisement

अबको १० दिनपछि हुने सुनुवाइमा उनीहरु दोषी पाइए यो कानुनअनुसार दण्डित हुने उनीहरु पहिलो व्यक्ति हुनेछन् । अहिले पक्राउ परेका मानिसहरुमा एकजना चिनियाँ समाजिक सञ्जाल विबोमा २५ लाख फलोअर्स भएका व्यक्ति पनि छन् । विबोले उनी पक्राउ परेसँगै उनको अकाउन्टमा पनि एक वर्षको प्रतिबन्ध लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*