फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नवयुग संवाददाता
२०७७, १३ फाल्गुन बिहीबार १२:३४

Advertisement

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ । साताको सुरुवातमा बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*