साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा खेल्ने

नवयुग संवाददाता
१६ फाल्गुन २०७७, आईतवार १५:२७

Advertisement

फिल्म निर्माणको संख्या बढेसँगै कलाकारको व्यस्तता पनि बढ्दो छ । व्यस्त अभिनेत्री भित्र पर्छिन्, स्वस्तिमा खड्का । उनले साउथ चलचित्र ‘थिरिमाली’मा काम गर्ने भएकी छन् । उक्त चलचित्रका लागि निर्माण युनिट र स्वस्तिमाबीच कागजी सम्झौता भएको छ ।

Advertisement

चलचित्रमा अनुबन्धित भएर फर्किएपछि स्वस्तिमाले यो चलचित्रबाट आफूले धेरै कुरा सिक्ने बताएकी छन् । उनले यो चलचित्रले आफ्नो करिअरमा थप इँटा थप्ने समेत बताएकी छन् ।

Advertisement

७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुने यो चलचित्र राजिव सेठ्टीले निर्देशन गर्ने छन् । यो चलचित्र दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालका तर्फबाट अनन्या फिल्मसले निर्माण गर्नेछन् ।

Advertisement

नेपालको काठमाडौं र मुस्ताङमा छायांकन हुने यो चलचित्रमा स्वस्तिमासँगै विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाठ्टी, हरेश कनारान, आना रेश्माले शीर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । माओत्से गुरुङ लगायत केही नेपाली कलाकार पनि यो चलचित्रमा देखिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*