स्मार्ट कार्ड अभाव भएपछि रोकियो लाइसेन्सको नियमित छपाई

नवयुग संवाददाता
१६ फाल्गुन २०७७, आईतवार १८:१८

Advertisement

काठमाडौं । स्मार्ट कार्ड सकिदैं गएपछि सवारी चालक अनुमती पत्र (लाइसेन्स)को नियमित छपाई रोकिएको छ। हाल ३०र४० हजार मात्र स्मार्ट कार्ड बाकीँ रहेकोले नियमित छपाई रोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए।

Advertisement

‘हाल विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिसनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेकाहरुको मात्रै छपाई गरिरहेका छौँ। यस्तो गर्दा पनि दैनिक सयरडेढ सय जति मात्रै छपाई हुन्छ,’ उनले भने। त्यस्तै मंसिर महिनासम्मको भने सबै लाइसेन्स छपाइ भइसकेको उनले जानकारी दिए।

Advertisement

‘हामीले हालसम्म २० लाख वटा लाइसेन्स छापिसक्यौँ। ती मध्ये करिव १० लाख त लकडाउनकै समयमा हो,’ भुषालले भने। त्यसैगरी १४ लाख स्मार्ट कार्डको लागि फ्रान्सको सिल्प कम्पनीसँग सम्झौता भइसकेको उनले बताए।

Advertisement

‘३ महिनाा भित्रै १४ लाख कार्ड आइपुग्छ। त्यसपछि हामी पुरानै रफ्तारमा काम गर्छौं,’उनले भने। १४ लाख लाइसेन्सको लागि विभागले आह्वान गरेको बोलपत्रमा ३ वटा कम्पनीले ठेक्का हालेका थिए।

जसमा मलेसियाको आइरिस बरह्याड कर्पोरेसनले प्रति कार्ड ०.५९ डलर, फ्रान्सको सिल्प कम्पनीले ०.८६ डलर र भारतको मद्रास सेक्यूरिटी प्रिन्टले १ डलर १८ सेन्ट बोली लगाएका थिए। सबैभन्दा थोरै बोलि लगाएको मलेसियाको आइरिस बरह्याड कर्पोरेसन प्राविधिक प्रस्तावबाट बाहिरिएको भुषालले जानकारी दिए।

‘हामीले पहिले प्राविधिक प्रस्ताव हेर्छौ। त्यसपछि बल्ल आर्थिक प्रस्ताव हेर्ने हो। मलेसियन कम्पनी सुरुमै ‘डिस्क्वालिफाईड’ भयो। त्यसकारण ठेक्का फ्रान्सको कम्पनीले पाएको हो,’ भुषलले भने।

हालसम्म प्रिन्टर र कार्डको ठेक्का पाइरहेको मद्रास प्रिन्ट भने आर्थिक प्रस्ताबमा फ्रान्सको कम्पनी भन्दा धेरै बोली लगाएकाले ठेक्का नपाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*