ईपीएलको नयाँ मिति घोषणा, असोज ९ बाट सुरू हुने

नवयुग संवाददाता
१६ फाल्गुन २०७७, आईतवार १९:०४

Advertisement

काठमाडौं । आइतबार घोषित मितिअनुसार ईपीएल अब २०७८ असोज ९ गतेबाट हुने भएको छ। यसअघि २०७६ चैत १ गतेबाट हुने भनिएको प्रतियोगिता कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो।

Advertisement

काठमाडौं। एभरेस्ट प्रिमियर लिग (ईपीएल)को नयाँ मिति तय भएको छ। आइतबार घोषित मितिअनुसार ईपीएल अब २०७८ असोज ९ गतेबाट हुने भएको छ।

Advertisement

‘‘नेपाल क्रिकेट संघले ईपीएलका लागि नयाँ मिति स्वीकृत गरेको छ। नयाँ मितिअनुसार ईपीएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुनेछ,’’ एभरेस्ट प्रिमियर लिगले ट्विटरमार्फत दिएको जानकारीमा उल्लेख छ।

Advertisement

यसअघि २०७६ चैत १ गतेबाट हुने भनिएको प्रतियोगिता कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो। आयोजकले गत वर्ष फागुन २२ गते प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*