नेपाल-भारत चेम्बर अफ कर्मशका निवर्तमान अध्यक्ष राणाको निधन

नवयुग संवाददाता
१६ फाल्गुन २०७७, आईतवार १९:२३

Advertisement

काठमाडौं । नेपाली वाणिज्य तथा अटोमोबाइल क्षेत्रका हस्ति सौर्य राणाको निधन भएको छ। २०१४ सालमा जन्मिएका राणाको ६३ वर्षको उमेरमा आइतबार निधन भएको हो।

Advertisement

काठमाडौंको मेडीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका उनको ४ दिनअघि मुटुको शल्यक्रिया गरिएको थियो। उनी नेपाली अटोमोबाइल क्षेत्रका एक हस्ति मानिन्छन्। उनले टाटा गाडीको आधिकारीक वितरक सिप्रदी ट्रेडिङमा लामो समय प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर काम गरेका थिए।

Advertisement

पारिवारिक व्यवसायमा लामो समय सक्रिय राणा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पूर्व अध्यक्षसमेत हुन्। नेपाली अटोमोबाइल व्यवसायलाई पारदर्शी बनाउँदै अगाडि जानुको विकल्प नभएको तर्क राणाको थियो, जुन अहिले कार्यान्वयनमा छ।

Advertisement

राणा नेपाल–भारत चेम्बर अफ कर्मशका निवर्तमान अध्यक्ष समेत हुन्। उनी २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आवद्ध थिए। राणाका श्रीमती, एक छोरा र एक छोरी छन्। राणा तारा म्यानेज्मेन्टको प्रेसिडेन्टसमेत थिए।

राणाले आदित्य बिर्ला ग्रुपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा काम गरेका थिए। सौर्यले बेलायतबाटै बिजनेस एड्मिनिस्ट्रेसनमा ग्य्राजुएसन गरेका थिए। मुख्यगरी उनको रुचि मार्केटिङमा थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*