हेटौंडाका दुइवटा वडा जोड्ने ५९० मिटर पीच सडकको उद्घाटन्
मकवानपुर। हेटौंडा उपमहानगरमालिका वडा नं. १७ र १८ जोड्ने सडकलाई पिच गरिएको छ । दुइ करोड रुपैयाँ लागतमा हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको सडकको मेयर हरि बहादुर महतले शिलान्यास गरेका हुन् । गुवाबारी देखि मजुवा सम्मको सडकमा पीच गरिएको हो ।
यस क्षेत्रमा एक हजार ५ सय ९० मिटर सडकमा आस्फाल पीच गरिएको मेयर महतले बताए । बषौदेखि पीच सडकको उपभोग गर्न नपाएका राजदेविका वासिन्दाहरुलाई ध्यानमा राखेर ठुलो लगानीमा सडकमा पीच गरिएको मेयर महतले बताए । ६ मिटर चौडाइ रहेको यस सडक ठेक्का मार्फत निर्माण गरिएको हो ।