म्यानेजमेन्ट ‘बि’ बिरुद्ध प्राइभेट टिम ३–१ गोल अन्तरले बिजयी

नवयुग संवाददाता
१६ फाल्गुन २०७७, आईतवार २१:२५

Advertisement

मकवानपुर । अनेरास्ववियू सिदार्थ मावि कमिटीको आयोजनामा भएको खेलमा प्राइभेट टिम बिजयी भएको छ । आज भएको फाइनल खेलमा सिदार्थ माविको प्राईभेट टिम बिजय भएको हो ।

Advertisement

प्रइभेट टिम र म्यानेजमेन्ट ‘बि’ बिच भएको सेभेन ए साइड खेलमा म्यानेजमेन्ट बिरुद्ध प्राइभेट टिम ३–१ गोल अन्तरले बिजय भएको हो ।
खेलमा सिदार्थ माविका ७ ओटा टिमको सहभागिता रहेको थियो । खेलको म्यान अफ द म्याच म्यानेजमेन्ट बि का खेलाडी मनिस डङ्गोल भएका छन् ।

Advertisement

खेलमा प्रमुख अतिथि नेकपा मकवानपुर ओली समुहका अध्यक्ष एकालाल श्रेष्ठले अनेरास्ववियू सिदार्थ मावि कमिटिलाई शुभकामना मन्तव्य राख्दै अखिल फोर्स मकवानपुरलाई खेलको माध्यमबाट सम्पूर्ण विद्यार्थीहरुलाई एक जुट बनाई नेतृत्व विकासमा जोड दिन आग्रह गरेका छन् ।

Advertisement

कार्यक्रमका बिशिष्ट अथिति अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङले शुभकामना मन्तव्य व्यत्त गर्दै अनेरास्ववियू मकवानपुर विद्यार्थी आन्दोलनलाई अग्रसर राख्दै आफ्नो अभियान तर्फ अघि बढेको जानकारी दिए । त्यस्तै कार्यक्रमका अतिथि अखिल फोर्स मकवानपुरका संयोजक मनिस मान श्रेष्ठले अखिल फोर्स मकवानपुर सदैभ विद्यार्थीको साथमा रहेको बताउँदै विद्यार्थीले आयोजना गरेका सम्पूर्ण कार्यमा आफ्नो भूमिका अहम रहने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यम्रममा अ‍ेरास्ववियू केन्द्रिय सचिवालय सदस्य सन्तोष पौडेल, हेटौँडा उपमाहानगरपालिका वडा नं २ का सदस्य महेश्वरमान श्रेष्ठ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र साहि , सिदार्थ माविका प्रध्यानध्यापक मोहन प्रसाद शर्मा, अनेरास्ववियू मकवानपुरका सह–संयोजक बिशाल पौडेल लागाएतको आतिथ्यता रहेको थियो ।  कार्यक्रम अनेरास्ववियू सिदार्थ मावि कमिटिका अध्यक्ष समिर सिल्वालको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*