योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दियो

नवयुग संवाददाता
२०७७, १६ फाल्गुन आईतवार २१:२५

Advertisement

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो । घाइते उनलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको छ ।

Advertisement

‘हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको छ’, प्रहरी उपरीक्षक (एसपी) शाहले भने ।

Advertisement

अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*