हेटौंडा मेयर कप : वडा नं. ४ र ७ बिजयी

नवयुग संवाददाता
१६ फाल्गुन २०७७, आईतवार २१:४४

Advertisement

मकवानपुर । हेटौंडा मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार दुई खेल सम्पन्न भएका छन्। आज भएका खेलमा वडा नंं ४ र वडा नं. ७ विजयी भएका छन्।

Advertisement

हेटौंडाको हुप्राचौरमा भएको पहिलो खेलमा वडा नं.४ ले वडा नं.२ लाई ४–१ गोल अन्तरले पराजित भएको हो । वडा नं.४ लाई जित दिलाउनको लागि अनिस महर्जन दुई, विवेक देउला एक गोल गरे ।

Advertisement

महर्जनले खेलको छैठौँ र ५४ औँ मिनेटमा गोल गर्दा देउलाले खेलको ४२ औँ मिनेटमा गरे । वडा नं. ४ ले थप एक गोल भने उपहार स्वरुप पाएको थियो ।

Advertisement

वडा नं। २ का सुनिल खड्कीले खेलको १३ औँ मिनेटमा एक गोल र्फकाएका थिए । टोलीलाई जित दिलाउनका उत्कृष्ट दुई गोल गरेका अनिस महर्जन म्यानअफ द म्याच घोषित भए ।

त्यस्तै आईतबार भएको दोस्रो खेलमा वडा नं. ७ ले वडा नं. ३ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । वडा नं. ७ लाई जित दिलाउनका लागि सुजन कुमार थापाले दुई, अमित लामा ब्लोन र सुजल श्रेष्ठले एक–एक गोल गरे । थापाले खेलको चौथे र ४२ औँ मिनेटमा गोल गर्दा ब्लोनले छैठौँ र श्रेष्ठले ६० औँ मिनेटमा गोल गरे ।

वडा नं. ७ लाई जित दिलाउन दुई गोल गरेका सुजन कुमार थापा म्यानअफ द म्याच घोषित भए । जितसंगै वडा नं. ४ र ७ दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा भोली दुई खेल हुनेछ । समुह डि कोवडा नं. ५ ले वडा नं. ८ संग प्रतिस्पर्धा गर्नेछ भने समुह सि को वडा नं १८ ले १२ संग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ । प्रतियागिताको फाइनल खेल फागुन २४ हुनेछ ।

प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँचरपाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*