एक सय ६५ सांसदले लगाए कोरोनाको खोप

नवयुग संवाददाता
१९ फाल्गुन २०७७, बुधबार १८:१७

Advertisement

काठमाडौं । सरकारले बुधबारबाट सांसदलाई कोरोना खोप लगाउन थालेको छ । बुधबार एक सय ६५ सांसदले कोरोना खोप लगाएका छन् । संसद् सचिवालयले दिएको जानकारीअनुसार एक सय ६५ जना सांसद र तीन सय १७ जना अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायतले खोप लगाएका छन् ।

Advertisement

जम्मा चार सय ८२ जनाले बुधबार खोप लगाएको सचिवालयको भनाइ छ । २३ फागुनदेखि प्रतिनिधिसभा बैठक सञ्चालन हुने भएपछि त्यसअघि संघीय संसद्का सांसद, कर्मचारीहरूलाई कोरोना खोप लगाइएको हो । २० र २१ फागुनमा पनि खोप लगाउने तय गरिएको छ ।

Advertisement

बुधबार सभामुख, सांसदहरूलगायतले खोप लगाए भने बिहीबार र शुक्रबार संघीय संसद्का कर्मचारीलाइ खोप लगाइनेछ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*