मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु,दुई घाईते

नवयुग संवाददाता
१९ फाल्गुन २०७७, बुधबार १९:१६

Advertisement

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

Advertisement

बकैया गाउँपालिका वडा नं. ५ तिनतलेस्थित सडकमा ना.६ त ४५३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज(बुधबार) दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–७ भिरकोट बस्ने १३ वर्षीय दिलसन माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि हेटौंडा अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

Advertisement

हेटौंडाबाट सिमेन्ट बोकेर बकैया जाँदै गरेको उक्त ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक हेटौंडा–१८ का सुनिल माझि र बकैया–७ का ५८ वर्षीय योगेन्द्र माझि घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुको हेटौंडामा उपचार भईरहेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*