हेटौंडामा अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने २ ट्याक्टर नियन्त्रण

नवयुग संवाददाता
१९ फाल्गुन २०७७, बुधबार २०:२२

Advertisement

मकवानपुर । मकवानपुर प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने २ वटा ट्याक्टर नियन्त्रणमा लिईएको छ । पक्राउ पर्ने ट्याक्टरहरुमा ना ५ त २४३९ र ना ३ त १३१५ नं. को ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा लोड गरी ढुवानी गरिरहेको अवस्थामा फेला पारी दुबै ट्याक्टर नियन्त्रणमा लिएको हो । दुबै ट्याक्टरलाई आवश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा पठाएको र दुबै ट्याक्टरलाई पाँच–पाँच हजारका दरले जरिवाना भुक्तान गराई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*