सन्देश सुब्बाको गजलसंग्रह सम्झनाको आँधी’ सार्वजनिक

नवयुग संवाददाता
१० चैत्र २०७७, मंगलवार २१:००

Advertisement

काठमाडौं । कवि तथा गजलकार सन्देश सुब्बाको गजलसंग्रह ‘सम्झनाको आँधी’ मंगलबार सार्वजनिक भएको छ ।

Advertisement

ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयमा गजलकार ललिजन रावल तथा उपस्थित अतिथि कविहरूले गजलसंग्रह सार्वजनिक गरेका हुन् । पेशाले सञ्चारकर्मी रहेका सुब्बाको यो दोस्रो कृति हो । यसअघि उनको ‘आगोको सौन्दर्य’ कवितासंग्रह प्रकाशित भइसकेको छ ।

Advertisement

गजलसंग्रह ‘सम्झनाको आँधी’ लोकार्पण कार्यक्रममा साहित्यकारहरु विमला तुम्खेवा, शकुन्तला जोशी र प्रकाश आङदेम्बेले पुस्तकको चर्चा गरेका थिए । राजनीतिज्ञ वीर नेम्बाङ र श्रीप्रसाद जबेगु तथा प्राज्ञ अमर तुम्याहाङले लेखकलाई शुभकामना दिएका थिए ।

Advertisement

‘सम्झनाको आँधी’लाई निम्बल पब्लिकेशनले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*