युवतीलाई बलात्कारपछि हत्या प्रयास, एक पक्राउ

नवयुग संवाददाता
२०७७, १४ चैत्र शनिबार १५:४१

Advertisement

रुपन्देही । रुपन्देहीमा १९ वर्षीया एक युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

Advertisement

चैत्र ७ गते बिहान तिलोत्तमा नगरपालिका वडा ११ को हरियाली वनमा १९ बर्षीया युवतीलाई जवरजस्ती करणी पछि ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोप लागेका सोही स्थानका २३ वर्षीय सुरेश थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रितम सिंह राठौरले जानकारी दिए ।

Advertisement

उनका अनुसार अभियुक्तले बलात्कार पछि डोरीले गला कसेर हत्याको प्रयास गरेका थिए । उनीविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको डिएसपी राठौरले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*