एकै स्कुटरमा थिए बाबु, छोरी, भतिजी, बसको ठक्करबाट तीनैजनाको मृत्यु

नवयुग संवाददाता
२०७७, १४ चैत्र शनिबार २२:३२

Advertisement

चितवन । चितवनमा यात्रु बस र स्कुटर एकआपसमा ठोक्किँदा तीनजनाको ज्यान गएको छ। एकै स्कुटरमा सवार एउटै परिवारका तीनजनाको बसको ठक्करबाट ज्यान गएको हो।

Advertisement

शनिबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका–२२ बाट माडी ठोरी चल्ने भित्री सडकखण्डको पकौडीमा जगतपुरबाट भरतपुर आउँदै गरेको ना ५ ख २१५० नम्बरको बस र विपरीत दिशाको ना. ४० प ७०८२ नम्बरको स्कुटर ठक्कर खाँदा तीनैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Advertisement

मृत्यु हुनेमा भरतपुर–६ गीतानगर निवासी स्कुटर चालक करिब ४५ वर्षीय मोहन अधिकारी, स्कुटरमा सवार उनकै छोरी १७ वर्षीया बिनिसा अधिकारी र मोहनकी दाजुकी छोरी १७ वर्षीया दिबिसा अधिकारी छन्।

Advertisement

घटनास्थलमा गम्भीर अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले बताए। उक्त दुर्घटना तीव्र गतिका कारण भएको थापाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*