कञ्चनपुरमा अस्पतालका कार्यालय सहयोगीसहित दुई मृत फेला

नवयुग संवाददाता
२०७७, १७ चैत्र मंगलवार १२:२८

Advertisement

धनगढी । कञ्चनपुरमा दुई जना मृत फेला परेका छन्। वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मृत फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार उनी महाकाली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। उनी मंगलबार बिहान नदी नजिकैको रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

Advertisement

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। यस्तै, कृष्णपुर नगरपालिका ९ का स्थानीय ७२ वर्षीय केशर राना पनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी मंगलबार बिहान घर नजिकैको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

Advertisement

उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*