पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी निर्वाचित

नवयुग संवाददाता
२०७७, २६ चैत्र बिहीबार १२:११

Advertisement

कास्की । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन् ।

Advertisement

महासंघको बिहीवार सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई ५३ मतअन्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । महासंघ कास्कीमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको हो ।

Advertisement

बुधवार भएको मतदानमा कूल ३१२ मतदातामध्ये ३०५ मत खसेको थियो । निर्वाचित भण्डारीले १७४ र अत्यक्षका प्रत्यासी लामिछानेले १२१ मत प्राप्त गरेका निर्वाचन समिति संयोजक बद्रीविनोद प्रतीकले जानकारी दिए । युनियनकी भण्डारी र चौतारीका लामिछानेले प्यानल बनाई चुनावमा होमिएका थिए । अधिकांश पदमा युनियन गठबन्धनले बाजी मारेको छ ।

Advertisement

उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना विजयी हुँदा महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिव समावेशीमा रेमबहादुर विक, सहसचिव खुलामा श्रीराम सिग्देल र कोषाध्यक्षमा कृष्ण दवाडी निर्वाचित भए । महिला उपाध्यक्ष र सचिवमा चौतारी विजयी भएको छ ।

महिला सदस्यमा सपना अधिकारी, दलित सदस्य विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ, अन्य समावेशीमा जैनव खातुन, खुला ९ सदस्यमा कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ सुमन, प्रभू अधिकारी, शिवराज बस्ताकोटी ९शिवदाइ०, सन्तोष बस्याल, सन्तोष सुवेदी, युवराज गुरुङ ‘युनिस’ र हरि पन्त निर्वाचित भए ।

सदस्यमा निर्वाचितमध्ये सर्वाधिक १५२ मत धनबहादुर गुरुङले प्राप्त गरेका छन् ।

राष्ट्रिय परिषद् सदस्य आदिवासीतर्फ राजबहादुर गुरुङ, खुला ४ परिषद् सदस्यमा आरजु विष्ट ‘सल्यानी’, कमल पौडेल ‘अथक’, गंगाधर पराजुली र श्याम नाथ कुँवर निर्वाचित भए । खुला सदस्यमा निर्वाचितमध्ये सर्वाधिक कमल पौडेल अथक ९१५० मत० रहेको छ ।

यसअघि केन्द्रीय परिषद् सदस्य २ महिलामा सुष्मा कुमारी पौडेल र लीना गुरुङ तथा प्रदेश परिषद् सदस्यमा २१ जना निर्विरोध भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*