थाहानगरमा असिना पानी : तरकारीबाली पूर्णरुपमा नष्ट

नवयुग संवाददाता
४ बैशाख २०७८, शनिबार १०:३१

Advertisement

मकवानपुर । उत्तरी मकवानपुरको थहानगरमा गए राति परेको असिना पानीले कृषकहरुले लगाएको तरकारी बाली पुर्णरुपमा नष्ट भएको छ ।

Advertisement

थाहा नगरपालिकामा लगाएको करिब ७०० हेक्टर आलु, २०० हेक्टरमा लगाएको काउलि बन्दा, किबि लगायत तरकारी र फलफुल नस्ट गरेको नगरपालिका कृषि शाखाका प्रमुख सन्जय तिवारीले वताए ।

Advertisement

थाहा नगरपालिकाको मुख्य तरकारीबालि असिनाले नोक्सान पारेपछि कृषकहरु चिन्तित भएका छन् । असिना करिब डेढ फिट परेको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*