ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नवयुग संवाददाता
४ बैशाख २०७८, शनिबार १९:३९

Advertisement

पर्सा । वीरगन्ज पथलैया सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्।

Advertisement

शनिबार दिउँसो पौने २ बजे उक्त सडकखण्डअन्तर्गत बाराको परवानीपुर गाउँपालिका–३ चैनपुरमा ना६ ख६१३६ नम्बरको ट्रकले प्रदेश २–०३–००६ प२४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

Advertisement

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वीरगन्ज महानगरपालिका–२१ परवानीपुर टोल बस्ने २४ वर्षका जैकीप्रसाद कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका–१ बस्ने ३० वर्षका राजकुमार महतो घाइते भएका छन्।

Advertisement

दुर्घटनामा परी गम्भीर घाइते कुशवाहालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको मिश्रले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*