मकवानपुर गढीमा सम्पदाप्रेमीले गरे सांकेतिक विरोध

नवयुग संवाददाता
५ बैशाख २०७८, आईतवार १८:४५

Advertisement

मकवानपुर । मकवानपुर गढीमा सम्पदाप्रेमीहरूले सांकेतिक विरोध गरेका छन्। गढीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मध्यनजर गर्दै संरक्षण र संवर्धनका लागि ध्यानाकर्षण गराउन आइतबार उनीहरूले विरोध कार्यक्रम गरेका हुन्।

Advertisement

विश्व सम्पदा दिवसको अवसरमा गरिएको कार्यक्रममा उनीहरूले ‘सम्पदा हुनु भनेकै सम्पन्न हुनु हो’, ‘सम्पदा नै नरहे, कुन मन्दिरमा जान्छौ यात्री ?, मकवानपुरको परिचय नहोस् है विलय, आजले हिजोलाई बिर्सिएझैं इतिहासलाई बिर्सने पो हौ कि ? लगायत नारा भएका पर्चा बोकेका थिए। त्यसपछि बागमती प्रदेशको मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयमा ज्ञापन पत्र पनि बुझाए।

Advertisement

लामो समयदेखि बेवास्ता गरिएका कारण जिर्ण बनेको गढीको उचित संरक्षण र सम्वर्द्धनका लागि सरोकारवाला निकायलाई उनीहरूले ध्यानाकर्षण गराउन खोजेका हुन्।

Advertisement

सरोकारवालाहरूको बेवास्ताका कारण गढी परिसर वरिपरि अव्यवस्थित संरचना निर्माण र जथाभावी फोहोर भएको उनीहरूले जनाए। साथै, सुरक्षा अभावमा सेन वंशीय दरबार दिनदिनै भग्नावशेषमा परिणत हुँदै भएकामा चिन्ता व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*