संगठन विस्तार गर्ने माओवादी केन्द्र थाहा नगर वडा नम्बर ३ को निर्णय

नवयुग संवाददाता
६ बैशाख २०७८, सोमबार १९:४७

Advertisement

मकवानपुर । पार्टीको संगठन बिस्तार गर्ने निर्णय सहित नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ३ को बैठक सम्पन्न भएको छ । बैठकमा माओवादी केन्द्रका मकवानपुर सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण विष्टले पार्टीको सबै जनवर्गीय संगठनलाई चुस्त दुरुस्त बनाउन पर्ने बताउनुभयो ।

Advertisement

आज (सोमबार) थाहा नगरपालिकाको विकास घरमा भएको बैठकमा पार्टीको वडा न ३ का विभिन्न टोलमा ४ ओटा टोल कमिटि गठन गर्ने, जनवर्गीय संगठनहरुको गठन तथा परिचालन गर्ने निर्णय भएको नेकपा (माओबादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताउनु भयो ।

Advertisement

पार्टी अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण विष्टको प्रमुख अतिथ्यता रहेको थियो । बैठकमा नगर सचिवालय सदस्य राजिब स्याङतान, प्रेस संगठन नेपालका राजकुमार के सी जनप्रतिनिधि भरत लामा , वाइसियल थाहा नगर इन्चार्ज राजकुमार कार्की, सयोजक मान सिं दोङलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*