कर्णाली प्रदेशः कोरोनाबाट मृत्यु हुनेका परिवारलाई एक लाख राहत दिइने

नवयुग संवाददाता
२० बैशाख २०७८, सोमबार ११:१९

Advertisement

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ।

Advertisement

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट नागरिकको मृत्यु भएमा परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो।

Advertisement

‘कोरोना संक्रमणबाट कुनै पनि नागरिकको मृत्यु भएमा उहाँका परिवारलाई एक लाख रूपैयाँ राहत दिने निर्णय गरेका छौं,’ प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले भनिन्, ‘विपद्को घडीमा नागरिकलाई राहत दिन यस्तो निर्णय गरिएको हो।’

Advertisement

सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत रकम उपलब्ध गराउने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*