लुम्बिनीका स्वतन्त्र दुई सांसद्को फेरियो बोली, पोखरेललाई नै समर्थन

नवयुग संवाददाता
२०७८, २० बैशाख सोमबार १३:३३

Advertisement

काठमाडौं । लुम्बिनी प्रदेशका स्वतन्त्र दुई सांसदले आफूहरू एमाले संसदीय दलमै रहने प्रतिबद्धता जनाएका छन् । हृदयश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका उनीहरु सूर्य चिन्हबाट निर्वाचन लडेपनि आइतबार मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए ।

Advertisement

तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाएका हुन् ।

Advertisement

उनीहरुले कुल प्रसाद केसीलगायतले सरकार गठनका सन्दर्भमा गरेको दावीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण रहेको पनि बताएका छन् ।

Advertisement

फर्किनुको रहस्य
लुम्बिनी प्रदेशमा आइतबार मुख्यमन्त्री पोखरेलले सपथग्रहण गर्दा उनीहरु एमालेको साथ छाडेर काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा गठबन्धनमा थिए । तर प्रदेशसभा सदस्य पद जाने चेतावनी दिइएपछि उनीहरु एमाले संसदीय दलमा फर्केका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका स्वतन्त्र राजनीतिक समूहका संयोजक त्रिपाठीलाई जानकारी समेत नदिइ श्रीवास्तव र शाही एमाले छाडेर विपक्षी गठबन्धनमा लागेका थिए । विपक्षी गठबन्धनमा लागेपछि त्रिपाठीले उनीहरुलाई सम्पर्क गरेर एमाले संसदीय दलमा फर्किन आग्रह गरेका थिए ।

सुरुमा उनीहरु फर्किन तयार नभएपछि एमालेले कारवाही गर्ने चेतावनी दिएपछि उनीहरु एमाले संसदीय दलमा फर्केका हुन् । उनीहरु एमालेको सूर्य चिन्हबाट चुनाव लडेका थिए त्यही भएर उनीहरु एमालेको संसदीय दलअन्तर्गत नै रहने भएका छन् र एमालेकै ह्वीप लाग्ने भएको छ । विपक्षी गठबन्धनलाई समर्थन गरेपछि उनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री ओलीले समेत निर्देशन दिएपछि पद जाने डरले एमालेमा फर्केको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*