४ सांसद र ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नवयुग संवाददाता
२०७८, २३ बैशाख बिहीबार १३:१४

Advertisement

काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

संघीय संसदका प्रवक्ता डा। रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको हो । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो ।

Advertisement

प्रवक्ता पाण्डेले बुधबार गरिएको स्वाब परीक्षणको कीकृत रिपोर्ट आइनसकेको बताएका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*