वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पतालको सुरुवात

नवयुग संवाददाता
२४ बैशाख २०७८, शुक्रबार १३:३३

Advertisement

सुर्खेत– प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोभिड अस्पतालको सुरुवात गरेको छ ।

Advertisement

नगरपालिकाको कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको कोभिड अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेका छन् । अस्पतालमा अक्सिजनसहित डाक्टर, नर्सको व्यवस्थापन गरिएको नगरपालिकाले बताएको छ ।

Advertisement

अस्पतालमा तत्कालका लागि १० बेडमा अक्सिजन सहितको व्यवस्था गरिएको र अन्य बेडमा पनि व्यवस्थापन गरिने उप–प्रमुख महोनमाया ढकालले जानकारी दिइन् ।

Advertisement

समारोहमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रदेश अस्पतालका कन्सलटेन्ट चिकित्सकहरू डा। नवराज केसी, डा। प्रदीप न्यौपाने लगायतका स्वास्थ्यकर्मीको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*