कोरोनाबाट रेडियो नेपाल दिपायलका एक कर्मचारीको मृत्यु

नवयुग संवाददाता
२४ बैशाख २०७८, शुक्रबार १३:४७

Advertisement

डोटी । कोरोना भाइरस संक्रमणका कारण रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलका एक कर्मचारीको मृत्यु भएको छ। उनी प्राविधिक इन्जिनियर पदमा कार्यरत थिए।

Advertisement

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतक सप्तरीको रुपकञ्चन नगरपालिकाका ३० वर्षीय एक पुरुष हुन्। केही दिनअघि परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्यमा थप समस्या भएपछि वैशाख २२ मा जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको अस्पतालका डा। प्रकाश ठकुल्लाले जानकारी र्दिए। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

Advertisement

उनीसहित कोरोना भाइरसको संक्रणबाट डोटीमा मृत्यु हुनेको संख्या चार पुगेको छ। भने अस्पतालको आइसोलेसनमा मृत्यु हुनेमा उनी दोस्रो व्यक्ति हुन्। शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*