संक्रमित बालबालिकाको हेरचाह कसरी गर्ने ?

नवयुग संवाददाता
२४ बैशाख २०७८, शुक्रबार १८:२५

Advertisement

काठमाडौँ । बालबालिकामा भएको कोरोना सङ्क्रमणले शारीरिक सँगै मानसिक असर पर्ने गर्छ । परिवारको हेरचाह र सहयोग पाएमा बालबालिकाहरूलाई हिम्मत मिल्ने गर्छ र सङ्क्रमणबाट छिटो मुक्त हुन सहयोग पुग्छ ।

Advertisement

घर मै क्वारेनटिनमा रहेका बालाबालीकालाई निम्न प्रकारले ध्यान राख्नुपर्छ भने केही जटिल अवस्था आएमा अस्पताल नै भर्ना समेत गर्नु पर्ने हुन्छ ।

Advertisement

आफ्नो घरमा रहेका बालबालिकालाई सङ्क्रमण भएमा विशेष सावधानी अपनाउनु पर्छ ।

Advertisement

पहिले भन्दा सङ्क्रमणको असर समेत धेरै देखिएकोले अधिक सावधानी अपनाउनु पर्ने चिकित्सक बताउँछन् ।

बालबालिकाको रोग प्रतिरोध क्षमता कम हुने भएकोले यस विषयमा अभिभावकले ध्यान दिन जरुरी हुन्छ ।

खाना देखि लिएर सरसफाइसंगै मनोबल समेत गिर्न नदिन अभिभावकको अहम् भूमिका रहन्छ ।

तरल पदार्थ निरन्तर खाना दिएर बालबालिकाको शरीरमा पानीको कमी हुन दिनु हुँदैन ।

मन तातो पानीले पटक पटक कम्तीमा २० सेकेन्ड सम्म हात मिचेर धुन लगाउने ।

सम्भव भएसम्म बिरामी बच्चालाई छुट्टै कोठामा राख्ने । सम्भव नभएमा एक जनाले हेरचाह गरेर घरका अन्य सदस्य भन्दा टाढा बस्ने ।

बिरामी बच्चालाई अन्य व्यक्तिको नजिक रहँदा मास्क लगाइदिने ।

खोकी र हाच्छ्युका लागि नरम कपडा वा टिस्यु प्रयोग गर्ने ।

प्रयोग पश्चात् सुरक्षित तरिकाले डिस्पोज गर्ने । ४, ५ दिन पछि मात्रै यस्ता सामग्री फोहरमा लगेर फाल्ने ।
बालबालिकाका प्रयोगका सामग्री भिन्दै बनाउने र अरू सँग नराख्ने ।

बच्चा रहने र उसले अधिक छुने प्रयोग गर्ने सामाग्री सफा गरिरहने ।

कस्ता समस्या आएमा अस्पताल लानु पर्छ ?

बालबालिकामा सामान्य लक्षण देखिएको छ भने घरमै राखेर सावधानी अपनाउन सकिन्छ । यसो गर्नले अस्पतालमा हुन सक्ने थप सङ्क्रमणबाट बच्न सजिलो हुन्छ ।

यदि बालबालिकालाई सास लिन गारो भएको छ तथा ज्वरो अधिक छ भने चिकित्सक सँग परामर्श लिनु पर्छ ।

मधुमेह जस्ता दिर्घरोग भएका बालबालिकामा सङ्क्रमण भएमा खतरा हुन सक्ने भएकोले घरमा राख्नु भन्दा स्वास्थ्यकर्मीको निगरानीमा अस्पताल भर्ना गर्नु लाभप्रद हुन्छ ।

परिवारका सदस्यले यसरी सावधानी अपनाउने

यदि बिरामी मास्क लगाउन सक्दैनन् भने घरका अन्य सबै सदस्यहरूले लगाउने । हावाको राम्रो आवत जावत भएको कोठामा बिरामीलाई राख्ने ।

बाहिरी व्यक्तिलाई घरमा आउन नदिने । आफू पनि घर मै बस्ने ।

बिरामी तथा अन्य सदस्यले सरसफाइमा ध्यान दिने ।

बिरामीले प्रयोग गरेको कपडा मनतातो पानी प्रयोग गरेर धुने ।

रेलिङ, स्विच, फोन लगायत निरन्तर प्रयोग हुने सामाग्रीलाई सफा गरिरहने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*