नेपाल प्रहरीले होइन, सशस्त्र प्रहरीले पक्राउ गर्‍यो ‘ज्वाला’लाई !

मानवी बानियाँ
२९ चैत्र २०७५, शुक्रबार १८:५०

मकवानपुर । नेत्र विक्रम चन्द (विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर इन्चार्ज वीरवहादुर घलान (ज्वाला) सहित दुई जनालाई सशस्त्र प्रहरी बलले विहीवार पक्राउ गरेको छ ।

बिहिबार राति झण्डै नौ बजे हेटौडा उपमहानगरपालिका—८ ऋद्धिसिद्धी सिमेन्ट फ्याक्ट्री .जाने जंगलको फायरलाईनवाट सशस्त्र प्रहरी बल मकवानपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णदेव यादवको कमाण्डमा पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक यादवका कमाण्डमा खटिएका १० जनाको चेकप्वाईन्ट चेकजाँच गर्ने क्रममा सर्लाहीबाट मकवानपुर तर्फ आँउदै गरेको मोटरसाईकलमा मनहरी गाँउपालिका वडा न ७ का ३७ वर्षिय विप्लब समुहका मकवानपुर इन्चार्ज घलान, बाराका जितपुर सिमरा वडा न १८ का २९ वर्षिय नेकपा विप्लव चितवन जिल्लाका कमिटि सदस्य वीरबहादुर मोक्तानलाई पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक अमरबहादुर खत्रीले जानकारी गराए ।

सशस्त्र प्रहरी बलले पक्राउ गरेको करिब एक घण्टापछि राति १० बजेको समयमा सशस्त्र प्रहरी निरिक्षक श्रीकृष्ण गरिको जिम्मामा जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको खत्रीले जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*