अस्पतालको पहुँच नहुँदा संखुवासभामा सुत्केरीको मृत्यु

नवयुग संवाददाता
२८ बैशाख २०७८, मंगलवार १७:५२

Advertisement

संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिका–३ स्थित अस्पतालको पहुँच नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । २६ वर्षीया सृजना कुलुङको उच्च रक्तश्रावका कारण सोमबार साँझ अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा कुलुङले सामान्य रुपमा बच्चा जन्माए पनि उच्च रक्तश्राव भएपछि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै उनको ज्यान गएको हो ।

Advertisement

सुत्केरी वेथा लागेपछि घर नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएपछि स्वास्थ्यकर्मीहरुले उनको नर्मल प्रसूति गराइ बच्चा जन्मिएको थियो । तर निरन्तर उच्च रक्तश्राव भएपछि थप उपचारका लागि उनलाई स्वास्थ्य केन्द्रले जिल्ला अस्पताल खाँदबारीमा रेफर गर्‍यो । उच्च रक्तश्राव रोक्न थप उपचारका लागि रेफर गरिएको थियो । स्वास्थ्य केन्द्रकी डा भारती पण्डितका अनुसार नर्मल प्रसूतिबाट बच्चा जन्मिए पनि सुत्केरीको शाल ननिस्कीएको र उच्च रक्तचाप हुनुका साथै रक्तश्राव पनि नरोकिएपछि सुत्केरीको स्वास्थ्य अवस्था झन् जटिल बनेकाले तत्कालै रेफर गरिएको थियो ।

Advertisement

स्थानीय स्वास्थ्य संस्थामा विरामीका लागि रगत दिन नसकिने भएकाले रेफर गरिएको डा पण्डितले बताइन् । मृतकका श्रीमानका अनुसार ताम्कु स्वास्थ्य केन्द्रबाट गाउँपालिकाको एम्बुलेन्सले बुङ्लिङको अरुण नदी किनारसम्म सुत्केरीलाई पुर्‍याइयो । खाँदबारी नगरपालिका–११ हेलुवावेसीसम्म फेरि स्टेचरमा ल्याएर सार्वजनिक गाडीबाट सृजनालाई जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको उनका श्रीमानले बताए । स्वाथ्यकर्मी र अक्सिजन सहितको एम्बुलेन्स नहुँदा श्रीमतीको ज्यान गएको मृतकका श्रीमान बताउँछन् । परिवारका अनुसार खाँदबारी–१० चन्दनपुर पुर्‍याएपछि उनको मृत्यु भएको हो ।

Advertisement

कच्ची सडक भएकाले समयमा अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको परिवारका सदस्यहरुको गुनासो छ । श्रीमान बलिरामले भने ‘श्रीमतीको उच्च रक्तश्राव भएपछि थप उपचारका लागि हेलीकप्टर मगाउन आर्थिक अवस्था कमजोर भएकाले लैजान सकिएन । दुर्गम क्षेत्रमा यातायत असुविधा हुँदा अकालमा ज्यान गुमाउनु पर्‍यो ।ु

हरेक वर्ष यसै गरी अस्पतालको पहुँच नहुँदा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुले ज्यान गुमाउने गरेका छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाइ उद्धार कार्यक्रमका बारेमा भने जनप्रतिनिधिहरु समेत बेखवर छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*