पृथ्वीसुब्बा गुरुङले लिए मुख्यमन्त्रीको सपथ

नवयुग संवाददाता
२९ बैशाख २०७८, बुधबार १९:१६

Advertisement

कास्की । पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा दोस्रो पटक सपथ लिएका छन् । राजीनामा दिएको डेढ सातापछि गुरुङ फेरि मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिपक्षी दलले बहुमत पुर्याउन नसकेपछि पुनः मुख्यमन्त्री नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ दिलाइन् ।

Advertisement

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन सकेका थिएनन् । आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्। प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।

Advertisement

मुख्यमन्त्रीको सपथ लिएका गुरुङले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*