जेठदेखि रुपन्देहीका सबै पत्रपत्रिकाको प्रकाशन स्थगन

नवयुग संवाददाता
३० बैशाख २०७८, बिहीबार १६:१७

 

Advertisement

रुपन्देही । कोरोना संक्रमणले चौतर्फी प्रभाव पारिरहेका बेला रुपन्देहीका सबै पत्रपत्रिका बन्द हुने भएका छन् । प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले कोरोना संक्रमण र निषेधज्ञाका कारण दिन प्रतिदिन चुनौती थपिँदै गएको जनाउँदै जेठ १ गतेबाट सबै पत्रपत्रिकाको प्रकाशन स्थगन गर्ने निर्णय गरेको हो ।

Advertisement

समाजका अध्यक्ष नवराज कुँवरद्वारा जारी विज्ञप्तिमा नचाहँदा नचाहँदै पनि चर्को चुनौतीका कारण प्रकाशन स्थगन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

Advertisement

रुपन्देहीमा ६ वटा दैनिकसहित २ दर्जन साप्ताहिक पत्रिकाहरु नियमित रुपमा प्रकाशन हुँदै आएका थिए । यसैबीच रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरु भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने समाजले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*