बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या

नवयुग संवाददाता
३१ बैशाख २०७८, शुक्रबार २०:१९

Advertisement

सुर्खेत । दैलेखमा बन्चरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् । शुक्रबार दिउँसो १ बजेको समयतिर डुङगेश्वर गाउँपालिका ६ स्थित डुङगेश्वर बजारमा बस्ने वर्ष २१ को विकास बुढाले आफ्नै सहोदर बुवा वर्ष ४७ को नकुल बुढालाई टाउकोको पछाडि र ढाडमा बन्चरो प्रहार गरेका थिए ।

Advertisement

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाको स्थानीय मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ। उक्त घटनाको अनुसन्धानका लागि माथिल्लो डुङगेश्वरको प्रहरी टोलीले विकासलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजीत सुनारका अनुसार नकुल मदिरा सेवन गरेर श्रीमतीलाई कुट्ने गर्दथे । आमाले छोरालाई तेरो बुबाले मलाइ यसो गरे भन्दा रिसको आवेगमा आएर छोराले बञ्चरो प्रहार गरेको बुझिएको छ । यसबारे थप अनुसन्धान हुँदैछ’ उनले भने ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*