सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि

नवयुग संवाददाता
३ जेष्ठ २०७८, सोमबार १६:३३

Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Advertisement

मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले संक्रमण भएको पुष्टि गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको अनलाइनखबरलाई जानकारी दिए । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको कुँवरले बताए ।

Advertisement

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको उनले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*