२१ मंसिर २०७९, बुधबार

‘धरानमा एमालेकोे विरासत फर्कंदै छ’

प्रकाशित मिति :  १५ बैशाख २०७९, बिहीबार १०:४९



मन्जु भण्डारी
मेयर उम्मेदवार, धरान उपमहानगरपालिका

पूर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जाँगर र उत्साहक साथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मन्जु भण्डारी सुवेदी धराने जनताका लागि सुपरिचित नाम हो । उहाँलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरपालिकाको प्रमुुखको उम्मेदवार बनाएको छ । नेकपा एमालेले देशका ११ वटा उपमहानगरमध्ये धरानमा युवा उमेरकी महिला उम्मेवार अगाडि सारेको छ ।
धराने जनतामाझ उहाँको लोकप्रियता झन् बढेको छ । राजनीतिमा होस् वा जनप्रतिनिधिको रुपमा, निर्णायक क्षमता प्रदर्शन गर्न खप्पिस भण्डारीसँग पाँच बर्ष उपमेयरको कार्यभार सम्हालेको बेजोड अनुभव छ । ०७४ को निर्वाचनमा लोकप्रिय मत लिएर विजयी भएकी भण्डारीसँग मेयर तारा सुब्बाको निधनपछि करिव डेढ बर्षसम्म कार्यवाहक मेयर भएर धरानको समग्र विकास निर्माणमा सरिक भएको अनुभव पनि छ ।
नेकपा एमालेले उहाँको योग्यता, दक्षता, क्षमतालाई मध्यनजर गर्दै चुनावी मैदानमा उतारेको हो । ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई छ हजार ३३९ को मत अन्तरले हराउँदै विजयी हुनुभएको थियो । एमालेले महिलालाई नेतृत्वमा पु¥याउनुपर्छ भन्ने मान्यताले उहाँलाई मेयरको टिकट दिएपछि धरानका आम जनतासँगै महिलामा उत्साह छाएको छ । उहाँहरु खुशी भएर भण्डारीलाई जिताउने अभियानमा लाग्नुभएको छ ।
स्कूले जीवनमै राजनीतितर्फ आकर्षित भएकी मेयर उम्मेदवार भण्डारी ०५३ साल ताका १४ बर्षको किशोरी उमेरमै सुनसरीको इटहरीस्थित जनता मावि कक्षा ८ मा अध्ययन गर्दागर्दै अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेपछि कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
पिता रविन्द्रप्रसाद भण्डारी र माता राधादेवी भण्डारीको सुपुत्रीको रुपमा २०३९ साउन २ गते जन्मेकी नेतृ भण्डारी भन्नुहुन्छ, ‘युवापुस्ताले राजनीति बुझ्नुपर्छ । राजनीतिबाटै यो मुलुकमा सरकार बन्ने हो । मैले पनि आफ्नो रुचिअनुसार कम्युनिष्ट राजनीतिको सिद्धान्त मन पराएर विद्यार्थी जीवनमा सक्रिय भएँ । यो सक्रियताकै कारण होला मलाई धराने जनताले ०७४ सालमा उपमेयरमा भारी मतले विजय गराउनु भयो । उपप्रमुखको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेँ । पाँचबर्षको अवधिमा मैले आफ्नो पदीय दायित्व, जिम्मेवारीलाई इमान्दारीसाथ पूरा गरेँं । यो अवधिमा एकबर्ष पूरा नहुँदै नगरप्रमुख तारा सुब्बाको दुःखद निधन भयो । नगरपालिका अभिभावकविहीन भएको अवस्थामा मेरो जिम्मेवारी स्वाभाविकरुपमा चुनौतीका साथ थपियो । मैले नगरपालिकालाई र सिङ्गो नगरलाई अभिभावकविहीन भएको महसुस हुन नदिई कार्यवाहक मेयरको रुपमा अभिभावकत्व प्रदान गरेँ । यो अवधि मेरो जीवनमा चुनौतीमात्र होइन जिम्मेवारी वहनको अनुभव आर्जन र क्षमता विकासका दृष्टिकोणबाट कोशेढुङ्गा हुन पुग्यो ।’
उहाँका अनुसार यही अवधिमा धरानलाई थप बुझ्ने, राज्य सञ्चालन प्रक्रियाका सन्दर्भमा गहिरो अध्ययन गर्ने, जनताको सबैखाले समस्यालाई सम्बोधन गर्ने प्रक्रियामा आफूलाई समर्पित गरेको र धरानको विकासका लागि नया सोंच निर्माण गर्न सकेको बताउनुभयो ।
धरानका जनताले अपेक्षा गरेअनुसार काम गरेँ । मेरो उपमेयर कार्यकालमा गरेको काम भनेको पार्टीको नीति र सिद्धान्तको आधारमा स्व. मेयर तारा सुब्बाले र हामीले तय गरेको रोडम्याप अनुसार चलेका थियौं ।’
भण्डारी एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा आर्जन गर्न जनता क्याम्पस इटहरीमा भर्ना हुनुभयो । उहाँले क्याम्पसको अध्ययन सँगसँग कम्युनिष्ट राजनीतिमा पनि सक्रिय भएकाले ०५६ सालमा नेकपा (एमाले) सुुनसरी क्षेत्र नं. २ मा क्षेत्रीय कमिटी सचिव, ०५७ मा सुुनसरी जिल्ला कमिटी सदस्य, सोही बर्ष जिल्ला कमिटी कोषाध्यक्ष, जिल्ला कमिटी सचिव, अनेरास्ववियु कोशी अञ्चल महिला विभाग सदस्य हँुदै अनेरास्ववियु कोशी अञ्चल कमिटी अध्यक्षको कार्यभार सम्हाल्नुभयो । उपमेयर भएकै समयमा नगरपालिका संघ नेपालको सचिवालय सदस्य समेत हुनुभयो ।
२०६४ साल वैशाखमा तत्कालीन धरान नगर इन्चार्ज मुरारी सुवेदीसँग सामाजिक रुपान्तरणका लागि जनवादी मञ्च विवाह गरेकी भण्डारीले धरान उपमहानगरको उपमेयर भएपछि न्यायिक समितिको न्याय सम्पादन प्रवाहलाई चुस्त बनाएको, न्याय सम्पादनलाई छिटो, छरितो बनाउनेदेखि लिएर न्याय सम्पादन प्रक्रियामा जनताको पहुँच बढाको बताउनुहुन्छ । प्रारम्भिक समयमा इटहरी केन्द्रित राजनीति गरे पनि ०६४ सालदेखि धरान केन्द्रित राजनीतिमा क्रियाशील भण्डारी पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह इन्चार्जको कार्यभार पनि सम्हालीरहनुभएको छ । ०५८ सालको सङ्कटकाल विरुद्धको सङ्घर्षको नेतृत्व गर्दा अनेरास्ववियुको कमिटी निर्माणका क्रममा सैनिकबाट गिरफ्तारी, प्रतिगमन विरुद्धको आन्दोलनमा २०६१ सालमा इटहरीबाट सैनिकहरुले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा परेको अनुभव पनि छ । त्यसो त तत्कालीन राजा ज्ञानेन्द्रले गराएको नगर निर्वाचन बहिस्कार गर्दा गिरफ्तारीमा परी १३ दिन सशस्त्र प्रहरी क्याम्प पकलीमा र २०६२÷ ६३ को आन्दोलनका क्रममा इटहरी चोकबाट सेनाले गिरफ्तार गरी प्रहरी हिरासतमा परेको तितो अनुभव पनि उहाँसँग छ ।
भण्डारी आफै पनि सामाजिक तथा विकास अभियानकर्ता हुनुहुन्छ । मानवअधिकार रेडियो श्रोताक्लवको जिल्ला अभियन्तादेखि मानवअधिकार तथा द्वन्द्व रुपान्तरणका लागि अभियान, द्वन्द्व व्यवस्थापनका कलागि सञ्चालित बारुदी सुुरुङ प्रतिबन्ध अभियानको जिल्ला संयोजक, लैंगीक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता, रणनीतिक योजना तथा संस्थागत विकासका काममा उहाँले प्रत्यक्ष योगदान दिनुभएको छ ।
यसैगरी महिला हिंसाविरुद्ध सुुनसरी जिल्ला स्तरमा निरन्तर क्रियाशील, महिला तथा बालिकाको न्यायमा पहँुच परियोजना अन्तर्गत जिल्ला संयोजक, सुुनसरी जिल्लामा महिलाद्वारा सञ्चालित ५०औं सहकारी संस्थाहरुको संस्थागत र व्यावसायिक योजना निर्माणका साथै विकासको संयोजन, धरान नगरपालिकाको सामाजिक परिचालन समितिको सदस्य तथा नगरको दुईवर्षको सामाजिक विकास कार्यक्रमको मूूल्याङ्कन समिति संयोजक, धरान उपमहानगर महिला सञ्जालको सदस्य तथा हाल उप सचिवको रुपमा काम गरेको अनुभव छ ।
महिला हिंसाविरुद्ध पैरवीकर्तामात्र नभएर भण्डारीलाई नजिकबाट चिन्नेले सुनसरीमा विकासका लागि राजनीति गर्ने नेतृको रुपमा मात्र नचिनेर उर्जाशील विकास अभियानकर्मी तथा सिर्जनशील र सङ्घर्षशील राजनीतिक नेतृको रुपमा पनि चिन्ने गरेका छन् । उहाँको कार्यकालमा संघीय सरकारका सरोकारवाला निकायहरु विकास साझेदार संस्थाहरुसँग ऐतिहासिक सम्बन्ध कायम भई धरानलाई राष्ट्रिय बजेट र कार्यक्रममा गौरव गर्न सकिने गरी जोडिएको छ ।
धरानको उपमेयर हुँदाको अनुभव साट्ने क्रममा उहाँ भन्नुहुन्छ, ‘संघीयतापछिको पहिलो स्थानीय तहको नेतृत्वमा प्रवेश गरिरहँदा स्थानीय तह संरचनाविहीन थियो । त्यसकालागि हामीले संरचना निर्माण सम्पन्न ग¥यौं । धरानमा ठूलठूला गौरवका आयोजना शुरु ग¥यौं । धरानमा भएको भानुचोक बसपार्कले धान्न सकिरहेको छैन । भानुचोक बसपार्कको विकल्पमा तीनकुनेमा नेपालकै पहिलो स्मार्ट बसपार्क निर्माण गर्ने कामको थालनी गरेका छौं । खानेपानी आयोजना टुङ्गो लागेको छ तर वितरण प्रणालीमा देखिएको केही त्रुटीलाई सुधार्ने पहल भइरहेको छ । प्रविधि र प्राविधिकसहित काम गर्न बाँकी छ ।
नगर गौरवका महत्वपूर्ण आयोजनाको रुपमा धरान उपमहानगरपालिकका फोहोर व्यवस्थापन गर्नमा अब्बल बनाउने प्रयास भइरहेको छ ।’ उहाँले खानेपानी आयोजना आफू नेतृत्वमा आउनुभन्दा अगाडि नै सन् २०१२ बाटै सुरु भएकाले पूर्व सम्झौताअुनसार सन् २०१९ मा सकिएको र यसलाई संस्थागत रूपमा विकास गर्न समय लाग्ने बताउनुभयो । धरानमा खानेपानी अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उहाँले थप प्रोजेक्टका लागि पनि पहलकदमी गर्ने बताउनुभयो ।
भण्डारीले ०७४ सालको चुनावमा मतदातासामु राखेका घोषणापत्र र प्रतिवद्धताहरु पूरा गरेको बताउँदै भन्नुभयो– ‘हामीले भनेका थियौँ, बसपार्क निर्माण गर्छौं भनेर २५ प्रतिशत काम सम्पन्न भइसकेको छ र काम हुँदै छ । यसका लागि मेरै पहलमा केन्द्रीय सरकारसँग समन्वय भएर बजेट केन्द्रबाट पठाइएको छ । हामीले सुकुम्बासी व्यवस्थापनको विषयमा कुरा उठाएका थियौँ । पार्टीको आन्तरिक विवाद र त्यसपछि आएको फुटका कारण लालपुर्जा वितरण गर्न सम्भव भएको छैन । धरानका सुकुम्बासीको लगत तथ्याङ्क हामीले तयार गरेर राखेका छौँ । उहाँहरू कस्तो अवस्थामा हुनुहुन्छ र कस्तो जमिनमा बस्नुभएको छ भनेर हामीले तथ्याङ्क तयार गरेर घर नम्बर वितरण गरेका छौँ र घर नम्बरको आधारमा हामी लालपुर्जा वितरण गर्छाैं ।’
उहाँले धरानको समृद्धि र विकासका लागि नगरको स्रोतमा मात्र भर पर्न नसकिने भएकाले केन्द्रसम्म पहुँच पु¥याउन र समन्वय गर्न सक्ने हैसियत बनाकाले त्यस्तै जनप्रतिनिधि धरानका मतदाताहरुले खोजिरहेका कारण आफूले बहुमतले एमालेको पुरानो विरासत फर्काउँदै विजय हासिल गर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..