१४ मंसिर २०७९, बुधबार

बेलौरीको मुहार फेर्ने छु : कमला

प्रकाशित मिति :  १५ बैशाख २०७९, बिहीबार १७:२४


नेकपा (एमाले) ले स्थानीय तहमा प्रमुख पदमा उम्मेदवार बनाएका २७ महिलामध्ये कमला बोहरा कन्चनपुरको बेलौरी नगरपालिकाबाट मेयरको उम्मेदवार बन्नुभएको छ । सानैदेखि विद्यार्थी राजनीतिमा सक्रिय कमला बोहराको क्षमता, योग्यता र विजयको आधारमा नै पार्टीले मेयर पदमा उम्मेदवार बनाएको हो ।
विद्यार्थीको केन्द्रीय राजनीतिकबाट विदा लिएर कन्चनपुरमा नै राजनीति गर्न थालेकी बोहरा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा निर्वाचित भएर नगरको मुहार फेर्ने तयारीमा हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशकी युवा नेतृको रूपमा रहेकी बोहरा विकासमा पछाडि परेको बेलौरी नगरलाई विकास र समृद्धिको बाटोमा डो¥याउन चाहनुहुन्छ ।
सत्तागठबन्धन नभएको बेलौरीमा माओवादी केन्द्र र समाजवादीको गठबन्धन भने रहेको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा छ ।
मेयरकी उम्मेदवार बोहराका निःशुल्क शिक्षा, स्वास्थ्य खानेपानी र रोजगारी प्रमुख एजेण्डा रहेका छन् ।
“मेयर एक राजनीतिककर्मी मात्र नभएर नगरको विकासको मोडल तयार पार्ने राम्रो व्यवस्थापक हुनुपर्दछ । त्यो गुण ममा रहेकाले मेयरका लागि प्रतिस्पर्धामा उत्रेकी हुँ ।’’ उहाँ भन्नुहुन्छ ।
कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालिकाको बेलौरी बजार रहेको थियो । त्यही पुरानो सदरमुकाम बेलौरीको मेयर भएर यहाँका महिला, दलित, पिछडिएको वर्ग, थारू, गरिबको जीवनमा परिवर्तन ल्याउने योजना बोहराको रहेको छ ।
जनता वहुमुखी क्याम्पसको स्ववियु सभापति समेत रहेकी कमला अव सिंहदरवारको अधिकारलाई गाउँमा व्यवहारिक प्रयोग गर्ने ठाउँमा पुग्ने तयारीमा हुनुहुन्छ ।
एमालेबाट बेलौरी नगरको उपमेयरमा थारु अगुवा जोगराम चौधरी उठ्नुभएको छ । थारु समुदायमा राम्रो छवि बनाएका चौधरी आफू जित्ने बताउनुहुन्छ ।
२०१९ सालपछि कञ्चनपुरको सदरमुकाम यहाँबाट महेन्द्रनगर सरेको देखिन्छ । कञ्चनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडिएको, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्रको विकासका लागि बोहरा जस्ता कर्मठ, योग्य नेतृत्वको खाँचो छ । त्यही खाँचो यसपटक पूरा गर्नका लागि आफू नगरको मेयर बन्न थालेको बोहरा वताउनुहुन्छ ।
“ म बेलौरीको पहिचान दिनका लागि मेयर पदमा उम्मेदवारी दिएकी छु, ” उहाँले भन्नुभयो “ एउटा महिला भएको नाताले नगरका सबैले भोट हालेर मलाई बिजय गराउनुहुने छ ।”
अनेरास्ववियुबाट विद्यार्थी राजनीति गरेकी बोहरा झण्डै १२ बर्ष अखिलमा काम गर्नु भयो । अखिलमा हुँदा नै एक पटक केन्द्रीय सदस्य र दुई पटक सचिवालय सदस्यमा सर्वाधिक मत लिएर निर्वाचित हुुनुभयो । त्यसबेला पनि उहाँ कन्चनपुरको विकास निर्माणमा त्यतिकै खट्नुभयो । अखिलबाट विदा भएपछि कन्चनपुर एमाले पार्टीमा जोडिनुभयो ।
शुरुमा नेकपा एमाले कन्चनपुरमा सचिवाल सदस्य र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भएपछि बोहरा प्रदेश कमिटी सदस्य हुनुभयो । प्रदेश कमिटीमा हुँदै उहाँ अहिले एमालेको चितवनमा भएको दशौं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँी अहिले कन्चनपुर जिल्लाको सहइन्चार्ज हुनुहुन्छ ।
कानून र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी कमला अहिले सदरमुकाम महेन्द्रनगरमा सरेपछि ओझेलमा परेको बेलौरी बजारलाई पुनः आधुनिक बजार बनाउने योजनाका साथ मेयरमा उम्मेदवार बन्नुभएको छ ।
ओझेलमा परेको बेलौरीलाई सरकारले २०७१ बैशाख २५ मा साविक श्रीपुर, रामपुर विलासिपुर र लक्ष्मीपुर गा.वि.स समाहित गरी बेलौरी बजारलाई केन्द्र मानी नगरपालिका घोषणा गरेका थियो ।
त्यतिवेला स्वच्छ, सफा र समृद्ध बन्दै नमुना बस्ती र शहरको नगरपालिका बेलौरीलाई ‘मोडेल रेसिडेन्सी र आधुनिक शहरको नगरपालिका’ भन्ने नाराका साथ अगाडि बढ्ने अठोट लिइएको छ । सोही अठोट पूरा गर्नका लागि उहाँले स्मार्टसिटी र मोडल बजारका रूपमा विकास गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..