१५ मंसिर २०७९, बिहीबार

भरतपुरमा उत्साह

प्रकाशित मिति :  १५ बैशाख २०७९, बिहीबार १९:३१


भरतपुर । भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदीले पाँच वटा वडामा घरदैलो कार्यक्रम सक्नुभएको छ । वैशाख १२ गते मनोनयन दर्ता गरेर प्रचारप्रसारका लागि १३ गतेदेखि घरदैलो सुरु गरेका सुवेदीले पाँच वटा वडामा पुगिसक्नुभएको छ ।
भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल रहेकाले घरदैलामा उपमेयरकी उम्मेदवार हिमला गुरुङ पनि सँगै हुुनुुहुन्छ । मेयरका उम्मेदवार सुवेदीले भरतपुर–२ स्थित महानगर तरकारी तथा फलफल बजारको निरीक्षण गर्दै बजारको लागि महानगरले जग्गा उपलब्ध गराउने तथा दुःखी गरिब जनतासँग फोहोर उठाए बापत महानगरले पैसा नअसुल्ने नीति बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अटोलाई व्यवस्थित गर्छु
भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदी, उपमेयरकी उम्मेदवार हिमला गुरुङ र अटो व्यवसायीहरू बीच बिहीबार छलफल भएको छ । तीन पाङ्ग्रे अटोलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
भरतपुर महानगरमा अटो सञ्चालनको विषयमा चार वर्षअघि भएको अटो व्यवसायीको आन्दोलनमा क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका थिए । अटो सञ्चालनको विषयमा महानगरले गरेको निर्णयप्रति व्यवसायीहरू अझै पनि असन्तुष्ट छन् ।
व्यवसायीहरूले अटोमा लगाइँदै आएको कर न्युनीकरण गर्नुपर्ने, झन्झटिलो लाइसेन्स प्रक्रियालाई सहज बनाउनुपर्ने र महानगरको मुख्य सडकमा पनि अटो चलाउनुपर्ने माग राखेका छन् । त्यस्तै, ट्राफिक प्रहरीले साना ठूला सबै सवारी साधनलाई एकै रूपमा जरिवाना लगाउने गरेको भन्दै व्यवसायीले असन्तुष्टि जनाउँदै आएका छन् ।
मेयरका उम्मेदवार सुवेदीले आफू मेयरमा निर्वाचित भएपछि भरतपुरमा नयाँ अटो थप्न नदिने र भएकालाई व्यवस्थित रूपमा सञ्चालनको व्यवस्था मिलाउने बताउनुभयो । ‘नगर प्रमुखमा निर्वाचित भएपछि यहाँ सीमित संख्यामा मात्रै अटो चलाउन मिल्नेगरी व्यवस्थित गर्छु’, उहाँले भन्नुभयो ।
भरतपुरमा सवारी साधनलाई व्यवस्थित गर्न सबै ठाउँमा सिसि क्यामरा जडान गर्ने उहाँले बताउनुभयो । सबै जनता कार चढ्न नसक्ने भन्दै अटोलाई नै व्यवस्थित रूपमा सञ्चालन गरिने सुुुवेदीले वताउनुभयो । अटो व्यवसायले धेरै नागरिक स्वरोजगार बनेको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिका–१२ मा नेकपा एमालेका उम्मेदवारहलाई बिजयी गराउन स्थानीयले टोल–टोलमा भेला गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्य ध्वजाबाहक उम्मेदवारलाई विजय गराउने उद्देश्यले वडाका सबै टोलमा भेला आयोजना गरी प्रचारप्रसार कमिटी गठनको काम चलिरहेको एमाले वडा कमिटी सचिव शोभा पण्डितले जानकारी दिनुभयो ।
वडाभित्र रहेका विभिन्न १७ वटा टोल कमिटीका भेलाले प्रचार प्रसार कमिटी गठन गर्ने पण्डितले बताउनुभयो । यसक्रममा सुनगाभा टोल, नौरङ्गेटोल, आनन्दटोल, जिल्ला प्रशासन टोल, नवरत्नटोल, आस्था टोल र राधाकृष्ण टोलको भेला आज सकिएको छ ।
अन्य टोलमा पनि भेला सकेर १७ गतेबाट घरदैलो शुरु गरिने एमाले वडा कमिटी अध्यक्ष तीलप्रसाद न्यौपानेले जानकारी दिनुभयो । आज भएको टोल भेलामा पुगेका भरतपुरका मेयर उम्मेदवार बिजय सुवेदीले हरेक टोल समुदायले दिएको हौसलाले आफू उत्साहित बनेको बताउनुभयो ।
एमालेले भरतपुर–१२ को वडा अध्यक्षको उम्मेदवारमा स्थानीय सामाजिक अगुवा लेखराज पन्त ‘हरि’लाई अघि सारेको छ । भेलामा बोल्दै अध्यक्ष उम्मेदवार पन्तले आफू वडावासीको सेवा गर्न उम्मेदवार बनेको बताउनुभयो । ‘हामी एमालेका वडा उम्मेदवारहको सामुहिक प्रतिवद्धता छ कि, हामी कुनै पनि सेवा सुविधा लिने छैनौं । निःस्वार्थ जनसेवा नै हाम्रो सामुहिक उद्देश्य रहनेछ’, उहाँले भन्नुभयोे ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..