१७ मंसिर २०७९, शनिबार

मुसिकोट : पाँच बर्षे विकासको जगमा नयाँ नेतृत्व

प्रकाशित मिति :  १५ बैशाख २०७९, बिहीबार १९:३६


गुल्मी । जीवन खरेल । सामान्य र असल स्वभावका खरेल यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकाको मेयर पदको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ । दर्जनांै संघ÷संस्था तथा राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रको अनुभव बटुलेका खरेल मुसिकोट नगरपालिकाको मेयर पदका बलियो उम्मेदवार हुनुहुन्छ । ०३७ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको बिरुद्धमा तत्कालीन नेकपा मालेबाट भूमिगत रूपमा सक्रिय रहेर चार दशक राजनैतिक जीवन बिताएका खरेलले मत र विश्वासका आधारमा मेयरको स्वाभाविक उम्मेदवारी पाउनुभएको छ । उहाँले मुसिकोटको माटोका लागि आफूले गरेको सवै योगदान नागरिक माझ छर्लङ्ग रहेकाले नगरको नेतृत्व पाउनेमा ढुक्क रहेको वताउनुभयो ।
जीवन खरेलबाट परिचित जीवलाल खरेल मुसिकोट नगरपालिका–५ आँपचौरमा जन्मिनुभएको हो । समाजशास्त्रमा स्नातकोत्तर र अङ्ग्रेजी साहित्य तथा नेपाली संस्कृत बिषयमा स्नातक तह उत्तीर्ण खरेल २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागितासहित अनेरास्ववियुको सदस्यता लिई बामपन्थी राजनैतिक आन्दोलनमा संलग्न हुनुभएको हो । २०३७ सालदेखि तत्कालीन नेकपा मालेमार्फत भूमिगत गतिबिधिमा संलग्न र ०३९ सालदेखि संगठित भएर राजनैतिक गतिबिधिमा लाग्नुभएका खरेल २०४४ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मन्चको गुल्मी जिल्ला सदस्य भई पञ्चायती व्यावस्था बिरोधी गतिबिधिमा सक्रिय हुनुभयो । २०४६ सालको संयुक्त जनआन्दोलनमा संयुक्त बाममोर्चा, गुल्मी जिल्ला कमिटीमा रही बलेटक्सार र वामिटक्सारमा भएका जनप्रदर्शनमा बिशेष भूमिकामा रहेकाले पञ्चायती प्रशासनको कडा निगरानीमा पर्नु भयो । त्यस समयमा खरेलले पटक पटक प्रहरी हिरासतको यातना झेल्नुभयो । २०५४ सालमा सम्पन्न स्थानीय निर्बाचनमा तत्कालीन आँपचौर गाबिसको अध्यक्षका रूपमा निर्बाचित खरेलले पाँचबर्षे जनप्रतिनिधिको अनुभव संलाग्नुभएको छ । उहाँ ०६४ सालदेखि नेकपा एमाले जिल्ला कमिटी सदस्य र अहिले मुसिकोट नगरकमिटी ईन्चार्ज हुनुहुन्छ ।
सामाजिक क्षेत्रमा योगदान
खरेल युवा उमेरबाटै गाउँको विकासमा सक्रिय हुनुहुन्छ । उहाँको नेतृत्वमा इन्द्रेगौडा–रातडाँडा–छल्दीपनाहा मोटरबाटो अहिले कालोपत्रे र स्तरउन्नतिको काम भएको छ । उहाँले तल्लाफाँट–आँपचौर–दिव्रुङ–शान्तिपुर मोटरबाटो निर्माणको समेत नेतृत्व गर्नु भयो । पछिल्लो समय तल्लाफाँट सहिद पार्कको पनि उहाँकै अध्यक्षतामा काम अगाडि बढेको छ । खरेल आँपचौर खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष हुनुहुन्छ । खरेलको नेपाल रेडक्रस सोसाईटी, पहाडी स्रोत व्यवस्थापन समूह, ईस्ट नेपाल साझा अभियान र द्वन्द्व व्यवस्थापन स्वास्थ्य सेवा तथा एचआईभी एड्स, शैक्षिक छात्रवृत्ति जस्ता कार्यक्रम तथा परियोजनाको सुपरिवेक्षण, समन्वय र व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।
कफिको उद्गम स्थल आँपचौरको कफि विकासमा ठूलो योगदान गरेका खरेल राष्ट्रिय चिया तथा कफि विकास बोर्डको सदस्य हुनुहुन्छ ।
विकासको जगमा नयाँ नेतृत्व
मुसिकोट नगरपालिकामा एमालेबाट निर्वाचित मेयर सोमनाथ सापकोटा नेतृत्वमा पाँच बर्षमा उल्लेख्य प्रगति भएका छन् । प्रतिपक्षले जनतामा भ्रम सिर्जना गर्न खोजेपनि मुसिकोट नगरपालिकाका जनप्रतिनिधि र नेकपा एमालेले जनताका बीचमा एक÷एक काम सार्वजनिक गर्न थालेको छ । गत स्थानीय तहको निर्वाचनमा मुसिकोटको मुख्य मुद्दा खानेपानी थियो । भौगोलिक जटिलताको कारण खानेपानीको समस्या समाधान गर्न मुसिकोटलाई सानो चुनौती थिएन । पानी प्यास मेटाउन डाँडाको बस्तीमा लिफ्ट बाहेकको बिकल्प छैन । त्यो प्रविधि महङ्गो छ । तर, नगरपालिकाले सवै तहका सरकार र निकायको साझेदारीमा ५० करोड भन्दा बढी रुपियाँ खर्च गरेर ४८ योजना मार्फत चार हजार ८३२ घरमा ‘एक घर एक धारा’ पु¥याएको छ । यो नेपालका बिरलै पालिकामा भएको छ ।
त्यस्तै गर्मीमा आगलागी र हुरी तथा बर्षातमा पानी चुहिने समस्याले पिरोलिएका विपन्न परिवारको खरका छाना विस्थापन गर्ने मुसिकोटको गौरवको योजना हो । यो अभियान अन्तर्गत ७६८ घरधुरिलाई जस्तापाता वितरण गरिएको छ । जसका लागि तीन करोड ५० लाख रुपियाँ लगानी गरिएको छ ।
जनता आवास कार्यक्रमबाट एक सय घरधुरी निर्माण, सुरक्षित नागरिक आवासबाट १७३ घर निर्माण, मनसुनजन्य विपद्बाट क्षति भएका ८० घरधुरी केन्द्रीय सरकारसँगको साझेदारीमा निर्माण हुँदै, भूकम्प पुनःनिर्माणबाट ७५४ घरधुरी निर्माण गरिएको छ । ४९५ घरधुरीलाई विद्युत मिटरबक्स उपलब्ध गराई निर्वाचन भएको सय दिनमा उज्यालो नगरपालिका घोषणा गरिएको थियो ।
गत निर्वाचनमा एमालेको तर्फबाट गरिएका अधिकांश बाचा पूरा भएका छन् । सीमित स्रोत र साधनकाबीच छ किमी सडक कालोपत्रे, ५० किमी सडक ग्राभेल, ५९ किमी स्तरोन्नति, २५५ किमी सडक नयाँ ट्रयाक निर्माण, ७९१ मिटर ह्युम पाइप, दुई हजार ७७१ मिटर कच्ची सिंचाई कुलो निर्माण, ४१ किलोमिटर ५४९ मिटर पक्की सिंचाई नहर निर्माण, १० किलोमिटर ५२५ मिटर पाइप सिंचाई, सामुदायिक भवन नौ वटा, स्वास्थ्यचौकी तीन वटा निर्माण, वर्थिङ्ग सेन्टर भवन तीन वटा, आधारभूत स्वास्थ्य चौकि दुईवटा, हेल्थहर्ट एकवटा निर्माण, नयाँ विद्यालय भवन चारवटा, कक्षाकोठा थप ११ वटा, शौचालय आठ वटा, क्लब भवन दुईवटा, मठमन्दिर १८ वटा निर्माण मर्मत तथा पुनःनिर्माण गरिएको छ । नाइटभिजन सहितको हेलिप्याड निर्माण, खेलमैदान ११ वटा निर्माण, पौवा–पोखरी तथा चौपारी गरेर १९७ वटा निर्माण, कृषि भवन एक, कोसेली घर एक, निर्माण, बीउ स्रोत केन्द्र एक, कबर्ड हल एक, हाटबजार दुईवटा निर्माण तथा सञ्चालन गरिएको छ ।
गौरवका आयोजना
निर्माणाधीन प्रशासकीय भवन र १५ शैयाको अस्पतालसहित छत्र मन्दिर, मुसिकोट दरबार, थुमपार्क पिकनिक स्थल, आँपचौर सहिद पार्क, मालिका मन्दिर, स्मार्ट पार्क, वामी कोट र पूर्वाधार विकास, सालिमे दह, आँपचौर प्राविधिक शिक्षालयको सभाहल गरेर करिव २३ करोड रुपियाँका काम भइरहेका छन् । नगरपालिकाको नगद अनुदानमा दुईवटा विद्यालयमा सिभिल र कम्प्युटर इन्जिनियरिङ पढाई भइरहेको छ ।
कफिको जननी मुसिकोटमा कफिको विकास, संरक्षण र प्र्रवद्र्धनमा मुसिकोट नगरपालिकाले नविनतम कामहरू गरिरहेको छ । ‘कफि रोपौं आम्दानी बढाऔं’ भन्ने अभियान मार्फत वडा–वडामा व्यावसायिक कफि खेती, कफि कृषक अनुदान र औजार उपकरणमा सहयोग, कफि बगैचा निर्माण, उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरणमा सहयोग गरेपछि किसानहरू उत्साहित भएका छन् ।
मुसिकोटले गरेका कामको विवरण धेरै लामो छ । जनताले दिएको अवसरको सदुपयोग गर्ने एमाले पार्टी र जनप्रतिनिधि हुन भन्ने आफूहरूले प्रमाणित गरेको मेयर सोमनाथ सापकोटाले बताउनुभयो ।
पाँच बर्ष पहिले उज्यालो नभएका कारण घामसंगै सुत्ने, पानी पर्दा चुहिएर र गर्मी हुँदा आगलागीको पीडा बोकेर तिर्खा लाग्दा पानी प्यास समेत मेट्न नपाएका विपन्न नागरिकको घरमा गएर नगरको अनुभूति दिलाइएको सापकोटाको भनाई छ । उहाँले सीमित स्रोत र साधनकाबीच नागरिकका असीमित चाहना पूरा गर्न नसकेकाले अधुरा र नयाँ कामको लागि फेरि जुझारू नेता र नेतृत्व जनताका बीचमा आएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..