४ भाद्र २०७९, शनिबार

महाधिवेशनको मूल नाराः सार र सन्देश

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार ०१:४०



प्रदीप ज्ञवाली
नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा भव्यताका साथ सम्पन्न भयो । नीति र विधि निर्माणमा मात्रै केन्द्रित हुनेगरी नेपाली कम्युनिस्ट आन्दोलनको ७२ वर्षे इतिहासमै पहिलोपटक आयोजना गरिएको महाधिवेशन हुनाले यसको महत्व विशिष्ट हुने नै भयो । झन्डै ६ हजार प्रतिनिधिको विशाल सहभागिता, जीवन्त छलफल एवम् तोकिएकै समयमा सुरु भएर निर्धारित समयमै सम्पन्न भएको यस महाधिवेशनले हाम्रो पार्टीको व्यवस्थापकीय क्षमतालाई पनि राम्रोसँग पुष्टि गरेको छ । सबैभन्दा महत्वपुर्ण कुरा त, त्यति ठुलो सहभागिताका बीचमा जसरी राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी दस्ताबेज सर्वसम्मत रूपले पारित भयो, यसको विशेष अर्थ छ । पार्टीमाथि चौतर्फी हमला र व्यापक घेराबन्दी भइरहेको, पार्टीलाई सत्ताबाट विस्थापन गरिएको र संविधानको अपव्याख्या, अध्यादेशको दूषित प्रयोग तथा निर्वाचन आयोग एवम् सभामुखजस्ता संस्थाहरूको समेत संलग्नतामा पार्टीलाई विभाजित गर्ने धृष्टता गरिएको प्रतिकूल परिस्थितिमा यस खालको व्यापक सहभागिता, छलफलमा यस्तो जीवन्तता, निष्कर्षमा यस खालको सर्वसम्मतिको दूरगामी महत्व छ । असोज १७ गते अपराह्न ५ बजे ‘गोदावरी सनराइज’ सम्मेलन केन्द्रबाट बाहिर निस्कँदा सहभागीहरूको मुहारमा देखिएको आत्मविश्वास, ऊर्जा र उत्साहले नेकपा (एमाले) को विशाल पार्टी संरचना अभेद्य र यसको अभियान अप्रतिरोध्य छ भन्ने स्पष्ट सङ्केत गरिरहेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका अधिकांश महाधिवेशनहरूमा कार्यक्रम र नीतिहरूमा विवाद भएको छ, सर्वसम्मति हुन सकेको छैन । सहमति हुन नसकेको अवस्थामा महाधिवेशनले बहुमत÷अल्पमतका आधारमा कार्यक्रम र नीति पारित गर्दै आएको छ । उदाहरणका लागि, दोस्रो महाधिवेशनमा केशरजङ्ग रायमाझीले ‘पार्टी कार्यक्रममा संशोधन किन ?’ भन्ने दस्तावेजमार्फत गणतन्त्रको कार्यक्रमलाई नै बदल्न खोजेका थिए । तर, पुष्पलालको प्रस्तावमा महाधिवेशनको अत्यधिक बहुमतले गणतन्त्रको कार्यक्रम पारित ग¥यो । यद्यपि, रायमाझीले त्यसलाई कहिल्यै कार्यान्वयन गरेनन्, बरु २०१७ सालपछि उनी राजतन्त्रको समर्थनमा उभिन पुगे । २०१९ सालको तेस्रो महाधिवेशनमा पनि कार्यक्रम (नयाँ जनवाद कि राष्ट्रिय प्रजातन्त्र) र कार्यनीतिक नारा (विघटित संसदको पुनस्र्थापना कि सर्वाधिकार सम्पन्न संसदको चुनाव) जस्ता विषयमा मतभिन्नता उत्पन्न भए । महाधिवेशनको बहुमतले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम र सर्वाधिकार सम्पन्न संसद्को कार्यनीतिक नारा पारित ग¥यो । विभाजन, विखण्डन र आरोहअवरोहको लामो शृङ्खलापछि पुनर्गठित नेकपा (माले) ले आयोजना गरेको चौथो महाधिवेशनमा पनि नीतिहरूमा सहमति जुटेन । माओत्से तुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने, नेपाली काङ्ग्रेसको वर्गचरित्र कसरी निक्र्योल गर्ने एवम् कुन कार्यनीतिक नारा निर्धारण गर्नेजस्ता प्रश्नहरू मतदानको माध्यमबाट टुङ्ग्याइएको थियो । महाधिवेशनले माओत्से तुङ विचारधारालाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तबाट हटाउँदै बहुदलीय शासन प्रणालीसहितको नयाँ जनवादी कार्यक्रम र पञ्चायती तानाशाहीको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाका लागि संयुक्त आन्दोलनको कार्यनीति पारित गरेको थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई नै नयाँ दिशा दिने पाँचौँ फूलहरूलाई फुल्न देऊ, सयौँ विचारहरूबीच प्रतिस्पर्धा हुन देऊ’ भन्ने मान्यतालाई पछ्याँउदै पार्टीभित्र मात्रै होइन, दुनियाँ नै चकित पर्नेगरी खुला बहस भयो । जनताको बहुदलीय जनवाद, परिमार्जित नौलो जनवाद, नयाँ जनवाद र सामाजिक जनवादलगायतका बीचमा महाधिवेशनमा मतदान नै भएको थियो । अत्यधिक बहुमतका साथ पारित भएको जनताको बहुदलीय जनवादको कार्यक्रमका रूपमा त सान्दर्भिकता छँदैछ, त्यसभन्दा पर आज जबज हाम्रो मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित भएको छ ।
छैटौँ महाधिवेशनमा पनि महाकाली सन्धि, राष्ट्रियता, भारत र अमेरिकालाई हेर्ने दृष्टिकोण, कार्यनीतिक कार्यदिशा आदि विषयमा बहस भए । बहसहरूले अस्वस्थ, कटु र गुटगत स्वरूप ग्रहण गरे र अन्त्यमा पार्टीले विभाजनको दुःखद अवस्था बेहोर्नुप¥यो ।
सातौँ महाधिवेशनमा पार्टी जीवनको लोकतान्त्रीकरणको प्रश्न जीवन्त बहसका रूपमा थियो र अब संविधानसभाको नारा अगाडि बढाउनुपर्छ भन्ने विचार पनि सशक्त ढङ्गले प्रस्तुत भएको थियो । तर, महाधिवेशनमा स्वस्थ बहसलाई स्थान दिइएन । अन्त्यमा, पार्टी एकताका लागि दुवै प्रस्तावलाई स्थगन गरेर अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । आठौँ महाधिवेशनमा कार्यक्रमिक र नीतिगत प्रश्नहरूमा ठुलो मतभिन्नता देखिएन । सातौँ महाधिवेशनमा स्थगन भएको पार्टी जीवनको लोकतान्त्रीकरणको प्रस्ताव सर्वसम्मतिले पारित भयो । यो प्रस्ताव कार्यान्वयनमा पनि गयो । तर, नेतृत्वको प्रश्नमा भने गम्भीर मतभिन्नता देखा परे । अन्त्यमा महाधिवेशनले निर्वाचनका माध्यमबाट सिङ्गो केन्द्रीय नेतृत्व चयन ग¥यो । नवौ“ महाधिवेशनमा नीतिगत विषयमा मूलतः मतैक्यता तर नेतृत्वका प्रश्नमा तिक्ततापुर्ण प्रतिस्पर्धा देखा प¥यो ।
यी सबैको पृष्ठभूमिमा हेर्दा विधान महाधिवेशनमा प्रकट भएको कार्यक्रम र नीतिका बारेमा सर्वसम्मति ऐतिहासिक महत्वको विषय हो । नेकपा (एमाले) भित्र थप विग्रह सिर्जना हुन्छ र त्यसमा खेल्न पाइन्छ भन्ने आशामा बसेका विपक्षीहरूलाई यसले खिस्रिक्क तुल्याइदिएको छ । निश्चय नै, इतिहासका कतिपय घटना र सन्दर्भका बारेमा भोलिका दिनमा अझ गम्भीर समीक्षा हुने नै छ । तर, आज नेकपा (एमाले) वैचारिक–राजनीतिक दृष्टिले एकढिक्का छ । यस नीतिगत एकतालाई आगामी राष्ट्रिय महाधिवेशनले अझ बलियो सङ्गठनात्मक एकतामा रूपान्तरण गर्नेछ ।
विधान महाधिवेशनमा हामीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारा (थिम) पारित गरेका छौँ । आगामी पाँच वर्षसम्म पार्टीलाई मार्गदर्शन गर्ने यो मूल नारा अर्थपुर्ण र विशेष महत्वको छ । यसका दुईवटा आयाम छन् । पहिलो आयाम पार्टी निर्माणसँग सम्बन्धित छ । दोस्रो आयाम भने राष्ट्र निर्माणसँग सम्बन्धित छ, राष्ट्र निर्माणका लागि पार्टीले खेल्नुपर्ने दायित्व, भूमिका र कार्यदिशासँग सम्बन्धित छ ।
उग्रवामपन्थी र दक्षिणपन्थी विचलनहरूले समयसमयमा कम्युनिस्ट आन्दोलनको अग्रगतिमा गम्भीर अवरोध खडा गर्दै आएका छन् । २०२८–३७ र २०५२–६३ को अवधिमा नेपालको कम्युनिस्ट आन्दोलनलाई उग्रवामपन्थले प्रभावित ग¥यो । झापा आन्दोलनका क्रममा उत्पन्न उग्रवामपन्थ कोके र नेकपा (माले) भित्र चलेका जीवन्त छलफल र बहसका क्रममा रूपान्तरित हुँदै गयो । माओवादी सशस्त्र द्वन्द्वको शान्तिपुर्ण अवतरणसँगै कमजोर बनेकोे उग्रवामपन्थ आज लगभग अस्तित्वविहीन बन्न पुगेको छ । आज दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता पार्टी निर्माणको क्षेत्रमा सबैभन्दा ठुलो चुनौतीका रूपमा देखा परेका छन् ।
एङ्गेल्सका अनुसार दैनन्दिनका लाभका लागि बृहत्तर हितको परित्याग गर्नु र तात्कालिक स्वार्थका लागि आन्दोलनको भविष्यलाई तिलाञ्जली दिनु नै अवसरवादको मुख्य विशेषता हो, भलै यो जतिसुकै ‘इमानदार’ आवरणमा प्रस्तुत भएको किन नहोस् । उनी भन्छन्, ‘इमानदार’ अवसरवाद सबैभन्दा खतरनाक हुन्छ । यो परिभाषा सबैखाले अवसरवादको हकमा लागु हुन्छ तर दक्षिणपन्थी अवसरवादका हकमा यो अझ बढी सान्दर्भिक छ ।
दक्षिणपन्थी अवसरवाद सधैँभरि एउटै स्वरूप र एउटै सारमा देखा पर्दैन । सन्दर्भअनुसार यसको मुहार भिन्न–भिन्न हुन सक्छ । आन्दोलन या क्रान्तिका बेला, आम रूपमा यो प्रतिक्रियावादी शक्तिसामु आत्मसमर्पणमा, अपवित्र साँठगाँठमा, व्यावहारिकताका नाममा आन्दोलनलाई मलुवा र भुत्ते बनाउने तर्कमा, दीर्घकालीन रणनीतिक लक्ष्यलाई पन्छाएर क्षणिक सुधार र लाभमा आन्दोलनको विसर्जन गर्ने क्रियाकलापमा प्रकट हुन्छ । क्रान्ति–उत्तर कालमा क्रान्ति र आन्दोलनका उपलब्धि समाप्त पार्न प्रतिक्रियावादीहरूसँग मिलिभगतका रूपमा यो अभिव्यक्त हुन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादले ठुलो क्षति पु¥याउँदै आएको छ । कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई एउटा महाधिवेशनसमेत हुन नपाउँदै विस्थापित गरिएपछि र पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारी अस्वस्थ हुनुभएको स्थितिको लाभ उठाउँदै केशरजङ्ग रायमाझीले नेतृत्व हत्याउन सफल भएपछि दक्षिणपन्थी अवसरवादले सङ्गठित स्वरूप ग्रहण ग¥यो । उनको नेतृत्वमा कम्युनिस्ट पार्टी क्रमशः जनताबाट अलगथलग तथा आन्दोलनबाट विमुख हुँदै गयो र यसको प्रतिरोधी क्षमतामा ह«ास आउँदै गयो । फलतः राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गर्दा पार्टी प्रतिरोध नै गर्न नसक्नेगरी कमजोर बन्न पुग्यो । पछि त रायमाझी स्वयम् राजासामु आत्मसमर्पण गर्न पुगे ।
दक्षिणपन्थी प्रवृत्ति हाबी हुँदै गयो भने पार्टी कसरी क्षयीकरण हुन पुग्छ भन्ने दृष्टान्त पचासको दशकमा नेकपा (एमाले) का सन्दर्भमा देख्न सकिन्छ । जननेता मदन भण्डारीको निधन र २०५२ सालमा सरकारबाट बहिर्गमनसँगै पार्टीभित्र जसरी पनि सत्तामा पुग्ने कुरा नै जबज हो भन्ने भ्रान्त मान्यता विकसित हुन थाले । राजनीतिमा स्थायी शत्रु या मित्र हुँदैनन् भन्ने भनाइको मनोगत व्याख्या गर्दै जस्तासुकै शक्तिसँग पनि हात मिलाउने, जनसरोकारका मुद्दाबाट क्रमशः टाढिने र अन्त्यमा ‘प्रतिगमन आधा सच्चिएको’ निष्कर्षका साथ ज्ञानेन्द्र मातहतको सरकारमा जानेजस्ता प्रवृत्ति देखापरे । जसले एमालेलाई माओवादी सशस्त्र द्वन्द्व र राजाको तानाशाहीका सामु निष्प्रभावी बनाउँदै लगे । पहिलो संविधानसभा निर्वाचनमा पार्टीको निकै कमजोर प्रदर्शनका पछाडि यो पनि एउटा महत्वपुर्ण कारण थियो ।
अनेकौ“ घुम्ती र मोड पार गरेपछि र लामो प्रयासपश्चात् हामीले कम्युनिस्ट आन्दोलनमा विभाजनको शृङ्खलालाई अन्त्य गरेका थियौँ । आन्दोलनको टुटेको कडीलाई झन्डै ५० वर्षपछि जोड्दै २०७५ जेठमा दुई पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । यो एउटा ऐतिहासिक उपलब्धि थियो । यसले जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने, समाजवादको आधार तयार गर्ने र राष्ट्रियता तथा लोकतन्त्रलाई सुदृढ गर्ने विश्वासिलो आधार सिर्जना गरेको थियो । पार्टीले जनताबाट प्राप्त विश्वासको जगमा लोकप्रिय सरकार सञ्चालन गरेको थियो र जनताको समृद्धिका सपना पुरा गर्ने कामलाई तीव्रता दिूदै थियो । राष्ट्र बलियो बन्दै थियो, राष्ट्रिय स्वाभिमान उचो हुँदै थियो । राजनीतिक स्थायित्वको जगमा लोकतन्त्र परिणाममुखी र जनताको जीवनसँग जोडिँदै थियो ।
नेपाललाई सधँैभरि अस्थिर र कमजोर बनाइराख्न चाहने, त्यसो गरेर नेपालमाथि हस्तक्षेप र सूकक्ष्म व्यवस्थापन गरिरहने, संविधानलगायत नेपालले हासिल गरेका उपलब्धि उल्ट्याउन चाहनेहरूका लागि यो अवस्था ग्राह्य र स्वीकार्य थिएन । वामपन्थी शक्तिहरू सुदृढ भएको, उनीहरूले राज्यको नेतृत्व गरिरहेको र उनीहरूको अगुवाइमा मुलुकमा सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिको अभियानले नयाँ गति लिएको कुरा प्रतिक्रियावादी शक्तिलाई पाच्य भइरहेको थिएन । तर, जनताको अभिमतबाट सरकारमा आएको र लोकतान्त्रिक मूल्यअनुसार सञ्चालन भइरहेको पार्टी र सरकारमाथि प्रत्यक्ष हमला गर्न उनीहरूलाई सम्भव थिएन । त्यसैले उनीहरूले आन्दोलनलाई कमजोर गर्न आन्दोलनभित्रैका पात्रहरूको खोजी गरे । यस क्रममा, पार्टीभित्र उत्पन्न दक्षिणपन्थी अवसरवादले आन्दोलनलाई कमजोर पार्ने प्रतिक्रियावादीहरूको योजनालाई टेवा पु¥यायो ।
दक्षिणपन्थी अवसरवाद आज निकै भद्दा र नग्न रूपमा प्रकट भएको छ । यसले राजनीतिक स्थिरता चाहन्न, अस्थिरताबाट निजी स्वार्थको दोहन गर्न चाहन्छ । यसले मुलुकको समृद्धि चाहन्न, यो यात्रामा अवरोध सिर्जना गर्न चाहन्छ । राष्ट्रले आफ्ना मामिलाहरू आफूै सल्ट्याएको, सार्वभौमसत्ताको साँचो प्रयोग गरेको मन पराउँदैन । क्षणिक सत्ता स्वार्थका लागि बाह्य शक्तिका लागि ‘कम्फर्टेबल’ हुन चाहन्छ । विधि र संस्थाहरूलाई कमजोर पार्न र त्यसबाट आफू लाभान्वित हुन चाहन्छ । कम्युनिस्ट पार्टीलाई एकताबद्ध, सुदृढ र राज्य सञ्चालनमा अब्बल साबित गर्दै समाजवादका आधार निर्माणमा अगुवाइ गर्ने बृहत्तर लक्ष्यलाई लत्याएर विभाजित आन्दोलनमा एउटा सानो समूहको नेता बनेर भागबन्डाको फाइदा उठाउन चाहन्छ ।
नेकपाको एकीकरण प्रक्रिया निष्कर्षमा पुगोस्, एकता खँदिलो बनोस् र पार्टीको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार होस् भन्ने चाहना सिङ्गो पार्टी पङ्क्तिको थियो । आम जनताको चाहना पनि त्यही थियो । तर, त्यसो हुन दिइएन । निश्चित व्यक्तिका निहित स्वार्थका लागि आन्दोलनमै गम्भीर घात गरियो । केही व्यक्तिहरूका पदीय स्वार्थका लागि आफ्नै पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरियो । केही थान मन्त्री÷मुख्यमन्त्रीका लागि एकीकृत पार्टीलाई नै विभाजन गर्ने दुष्प्रयास गरियो । जुन पार्टी (नेपाली काङ्ग्रेस) पुँजीपति वर्गको मुख्य प्रतिनिधि र हाम्रो मुख्य प्रतिस्पर्धी शक्ति हो, जो समाजवादतिरको हाम्रो यात्रामा मुख्य वाधकका रूपमा खडा भएको छ र जससँगको प्रतिस्पर्धाबाट हामी पहिलो शक्तिका रूपमा स्थापित भएका छौँ– त्यसैको नेतृत्वमा सरकार बनाउनका आफ्नो सरकार ढाल्ने जस्तो अन्तरघाती प्रवृत्तिका रूपमा आज दक्षिणपन्थी अवसरवाद प्रकट भएको छ । आफू जुन चुनाव चिह्न र जुन घोषणापत्रका आधारमा निर्वाचन लडियो, जनतासामु जुन वाचा गरियो, ती सबैलाई लत्याएर दक्षिणपन्थीहरूको पछि लागेर सरकारमा पुग्नुचाहिँ ‘अग्रगमन’ अनि ताजा जनादेशका लागि जनतामा जाने कुरालाई ‘प्रतिगमन’ ठान्ने दक्षिणपन्थी अवसरवाद यस्तो गलत भाष्य निर्माण गर्न चाहन्छ । यो नेपालको राष्ट्रिय हित र स्वाभिमानका विरुद्ध बाह्य तत्वहरूसँग प्रत्यक्ष÷परोक्ष साँठगाँठ गर्छ । र, कम्युनिस्ट पार्टीलाई मुलुकको पहिलो, बहुमतप्राप्त र नेतृत्वदायी शक्ति बनाउने होइन, नेपाली काङ्ग्रेसजस्तो दक्षिणपन्थी शक्तिको नेतृत्वको गठबन्धनको एउटा अङ्ग अर्थात् दक्षिणपन्थी शक्तिहरूको पिछलग्गु बनाउन चाहन्न ।
दक्षिणपन्थी अवसरवादको वैचारिक राजनीतिक पतन आज यस रूपमा भएको छ । भनिन्छ, उग्रवामपन्थ प्रायशः दक्षिणपन्थमा गएर पतन हुन्छ । लामो समयसम्म उग्रवामपन्थको प्रतिनिधि पात्रका रूपमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दक्षिणपन्थी अवसरवादतर्फको यात्रा यतिबेला निकै वेगका साथ अगाडि बढेको छ । ‘युज एन्ड थ्रो’को मान्यताबाट निर्देशित हुनु, राजनीतिक दल र नेताहरूलाई आफ्नो स्वार्थका लागि प्रयोग मात्रै गर्नु, आप्mनै दलभित्रसमेत सदा दुई प्रतिस्पर्धी टिम खडा गरेर एकका विरुद्ध अर्कालाई प्रयोग गरी आफू ‘साझा र स्वीकार्य’ रहेको भ्रम सिर्जना गर्दै निरन्तर अस्थिरताको खेल खेल्नु र त्यसैभित्रबाट क्षणिक लाभ लिनु प्रचण्डको चारित्रिक विशेषता रहँदै आएको छ । संविधानसभाको निर्वाचन अगाडिसम्म गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाउने आश्वासन दिनु र निर्वाचनपछि धोका दिनु, लामो समय आश्वासनमा भुलाउँदै मनोनयनको आधा घण्टाअगाडि एमाले नेताहरूलाई बोलाएर राष्ट्रपति पदमा माधवकुमार नेपाललाई समर्थन गर्न नसक्ने जनाउ दिनु, २०७२ मा बनेको नेकपा
(एमाले) नेतृत्वको संयुक्त सरकारलाई विस्थापन गर्नु र नेपाली काङ्ग्रेससँग मिलेर सरकार बनाउनु, त्यसबाट लिनुपर्ने सबै लाभ लिइसकेपछि फेरि रातारात एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्नु अनि फेरि नेकपालाई विभाजन गर्दै आफ्नो घोषणापत्र, जनताबीच गरिएको वाचा र आन्दोलनको भविष्यमाथि आघात पु¥याउँदै नेपाली काङ्ग्रेसको पाउमा आन्दोलनलाई विसर्जन गर्नु, प्रचण्डका यी राजनीतिक ‘पिङ खेलाइ’ले स्पष्ट पार्छ, अवसरवाद कति छद्म, अविश्वसनीय र घातक छ । आज प्रचण्डको कथित क्रान्तिकारिता, ‘जनयुद्ध’ मा हजारौँ युवाहरूको बलिदान र ‘नयाँ नेपाल निर्माण’ को उद्घोष नेपाली काङ्ग्रेसका एकजना सहयोगीका रूपमा स्खलित भएको छ ।
इतिहासमा केशरजङ्ग रायमाझीले कम्युनिस्ट आन्दोलनमा गरेको गद्दारीका कारण कुख्यात छन् । अहिले माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका विरुद्ध गरेको घात रायमाझीको भन्दा बढी गम्भीर छ । निःसन्देह रायमाझीले २०१७ सालको कदमलाई स्वागत गरे र राजावादी क्याम्पमा छिरे । तर, २०१७ साल ल्याउन उनको निर्णायक भूमिका थिएन । राजा महेन्द्रले सेनाको बल, नेपाली समाजको पछौटे तप्काको समर्थन र भूराजनीतिक द्वन्द्वको लाभ उठाउँदै तानाशाही कदम लादेपछि रायमाझी उनका अगाडि आत्मसमर्पण गर्न पुगेका थिए । तर, नेकपा (एमाले) नेतृत्वको सरकार ढालेर काङ्ग्रेस नेतृत्वको सरकार बनाउने घटनामा भने माधवकुमार नेपालको भूमिका निर्णायक थियो । यस अर्थमा २०१७ सालको प्रतिगमनमा रायमाझीको भूमिका सहयोगी थियो भने ६ दशकपछि २०७८ सालको जनादेशविरुद्धको प्रतिगमनमा माधव नेपालको भूमिका निर्णायक थियो ।
माथि उल्लेख गरिएका प्रवृत्ति र पात्रहरू दक्षिणपन्थी अवसरवादका प्रतिनिधि उदाहरण भए पनि यो यत्तिमा सीमित भने छैन । जनताका समस्या र सरोकारबाट आफूलाई अलग राख्नु, जनताको सेवक होइन शासकका रूपमा प्रस्तुत हुनु, जनप्रतिनिधि या सरकारको सदस्यका रूपमा प्राप्त भूमिकालाई निजी स्वार्थका निम्ति दुरुपयोग गर्नु, भ्रष्टाचार र अनियमितता जस्ता विचलनमा डुुब्नु, निजी या पारिवारिक स्वार्थका लागि आफ्नो हैसियत दुरुपयोग गर्नु, विचारधाराको नेतृत्वदायी भूमिकालाई अस्वीकार गर्नु र जातीय, क्षेत्रीय या सांस्कृतिक मुद्दाहरूलाई हतियार बनाउनु तथा अवसर नपाउनासाथ आन्दोलन परित्याग गर्नु पनि दक्षिणपन्थी अवसरवादकै अभिव्यक्तिहरू हुन् । आज विश्वमा कम्युनिस्ट आन्दोलन समग्रमा जसरी रक्षात्मक अवस्थामा छ, विश्व वित्तीय पुँजीवादले व्यक्तिवाद, उपभोक्तावाद र विचारशून्यता जस्ता कुरालाई प्रवद्र्धन गर्दै जसरी चर्को सांस्कृतिक आक्रमण गरिरहेको छ र पुँजीवादी शक्तिहरू जसरी कम्युनिस्ट आन्दोलनलाई कमजोर गर्न आन्दोलनभित्र आस, त्रास र अन्तरध्वंसको अभियान सञ्चालन गरिरहेको छ, यस पृष्ठभूमिमा दक्षिणपन्थी अवसरवाद नयाँनयाँ कलेवरमा प्रकट हुन सक्ने जोखिम एकदमै बढेको छ । तसर्थ, कम्युनिस्ट आन्दोलनको अग्रगति र सफलताका लागि दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नैपर्छ । अन्यथा, जनताको अभिमत, कार्यकर्ताहरूको रगतपसिना र सिङ्गो राष्ट्रको चाहनामाथि बारम्बार घात भइरहनेछ । जनताले त आफ्नो दायित्व इमानदारीपुर्वक पुरा गरिरहनेछन् र कम्युनिस्ट पार्टीलाई समर्थन गरिरहनेछन् । तर, जनताको यही इमानदार भावनालाई भ¥याङ बनाएर आन्दोलनलाई प्रतिक्रियावादी शक्तिको सेवामा समर्पण गर्ने प्रयास भइरहनेछ । या, यस्तो प्रवृत्तिका कारण जनतामा आन्दोलनप्रति नै वितृष्णा बढ्न सक्नेछ ।
विचार र राजनीतिमा देखा परेको दक्षिणपन्थी अवसरवाद सङ्गठनात्मक क्षेत्रमा आज अराजकताका रूपमा प्रकट भएको छ । एउटा जीवन्त र लोकतान्त्रिक पार्टीभित्र बहस, मतभिन्नता र अन्तरविरोधहरू स्वाभाविक विषय हुन् । तिनलाई समाधान गर्ने पार्टीका आफ्नै विधि र तरिकाहरू छन् । पार्टीभित्रका अन्तरविरोध मैत्रीपुर्ण हुन्, तिनीहरू ‘वाद–प्रतिवाद र संवाद’ र ‘एकता–अन्तरसङ्घर्ष र अझ उच्चस्तरको एकता’को माध्यमबाट रूपान्तरित हुन्छन् । स्वस्थ बहसका माध्यमबाट समाधान खोज्ने हरसम्भव प्रयास गर्नु, त्यसो हुन नसके प्रक्रियाका माध्यमबाट निष्कर्ष निकाल्दै त्यसलाई कार्यान्वयनमा लैजानु कम्युनिस्ट पार्टीले विकास गरेको असल परम्परा हो । तर, सङ्गठनात्मक अराजकताले यसो हुन दिूदैन । यसले ‘वाद–प्रतिवाद–विग्रह’ को बाटो अवलम्बन गर्छ, ‘एकता–अन्तरसङ्घर्ष र विभाजन‘ को दिशामा लैजान्छ । त्यसले पार्टीमा स्थापित विधि, पद्धति र प्रचलित असल परम्परालाई लत्याउँछ । पार्टीभित्र हुने बहसहरूलाई अस्वस्थ, कटुतापुर्ण र गुटगत स्वरूप दिन्छ । त्यसलाई स्थायी गुटबन्दीको आधार बनाउँछ । पार्टीभित्रका समस्याको समाधान पार्टीका विधान र मञ्चहरूबाट होइन, सार्वजनिक बहस, दबाब र कानुनी बाटोबाट समाधान गर्न खोज्छ । आफ्ना निजी मतलाई सार्वजनिक रूपमा प्रचार गरेर बाह्य सहानुभूति बटुल्न खोज्छ । संस्थाको मानमर्दन गरेर, त्यसको प्रतिष्ठामाथि आँच पु¥याएर आफू ‘हिरो ’बन्न चाहन्छ । महाधिवेशन या बैठकहरू अन्त्यहीन बहसका थलो होइनन्, ती बहसको निकास दिने थलो हुन्छ र हुनसक्छ, एकपल्ट बैठकबाट निकालिएको निष्कर्ष या महाधिवेशनले गरेको फैसला गलत होस् । तर, त्यसको सम्परीक्षण व्यवहारमै हुने हो । त्यसलाई कार्यान्वयन गर्दै व्यवहारबाटै गलत भएको पुष्टि गरेर अर्को वैधानिक मञ्चबाट मात्रै यसमा सुधार गर्न सकिन्छ । तर, सङ्गठनात्मक अराजकताले महाधिवेशन र बैठकहरूलाई बहसको नाममा निर्णयविहीनतामा पु¥याउँछ । आफ्नो परिभाषित दायित्व पुरा नगर्ने, अधिकार मात्रै खोज्ने, अवसर पाउँदासम्म सबै ठिक र नपाउ“दा पार्टीले मूल्याङ्कन नगरेको भनेर टिप्पणी गर्ने प्रवृत्ति सङ्गठनात्मक अराजकताका उदाहरण हुन् । पार्टी सङ्गठनलाई नियमित, विधिसम्मत र वैचारिक रूपले सुदृढ गर्न नचाहने, पार्टीलाई कुनै क्लबजस्तो गरी व्यवहार गर्ने, पार्टीभित्रका असहमतिहरूलाई शत्रुतापुर्ण अन्तरविरोधमा रूपान्तरित गर्ने र त्यसबाट लाभ उठाउनेजस्ता प्रवृत्ति पार्टी निर्माणका लागि चुनौती हुन् ।
विधान महाधिवेशनले पार्टी निर्माणका क्षेत्रमा देखापरेका वैचारिक र सङ्गठनात्मक चुनौतीहरूको सही पहिचान गरेर त्यसको समाधानमा केन्द्रित हुन दिशानिर्देश गरेको छ । विधान महाधिवेशनबाट पारित मूल नाराको दोस्रो आयाम ‘जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भनेर राष्ट्र निर्माणसँग जोडिएको छ । नवौँ महाधिवेशनमै हामीले निष्कर्ष निकालेका थियौँ– नेपालमा सम्पन्न पुँजीवादी–जनवादी क्रान्ति मौलिक ढङ्गको छ । यो क्रान्ति श्रमजीवी वर्गका प्रतिनिधि (कम्युनिस्ट पार्टी) र वुर्जुवा वर्गका प्रतिनिधि (नेपाली काङ्ग्रेस) हरूको संयुक्त नेतृत्वमा सम्पन्न भयो । वैचारिक नेतृत्व, राजनीतिक पहलकदमी र आन्दोलनमा मुख्य शक्ति वामपन्थीको रहे पनि अग्रभागमा बुर्जुवाहरू समेतको सहभागिता थियो । यसले राजनीतिक प्रणालीमा ठुलो परिवर्तन ल्याएको छ । राजतन्त्रको अन्त्य भएको छ, गणतन्त्रको स्थापना भएको छ । लोकतान्त्रिक प्रणालीबाट मुलुक शासित हुन थालेको छ । सङ्घीयता र समावेशिता, सामाजिक न्याय र उन्नतस्तरमा मौलिक अधिकारहरूको प्रत्याभूतिसहित नयाँ संविधान जारी भएको छ । धर्मनिरपेक्षता र समाजवाद उन्मुख राज्यको रूपरेखाजस्ता उपलब्धि अत्यन्त महत्वपुर्ण छन् ।
तर, राजनीतिक प्रणालीमा ठुलो परिवर्तन भए पनि मुलुकको सामाजिक–आर्थिक रूपान्तरणको कार्यसूची भने अधुरै छ । सामन्तवाद र दलाल–नोकरशाही पूँजीवादको प्रतिनिधित्व गर्ने राजतन्त्रविरुद्ध बुर्जुवा शक्तिसँगै मिलेर गरिएको आन्दोलन हुनाले पनि शासन प्रणालीमा परिवर्तनका बाबजुद सामाजिक–आर्थिक संरचना त्यस रूपमा बदलिन सकेका छैनन् । माक्र्सवादले क्रान्तिलाई एक वर्गको हातबाट अर्को वर्गका हातमा सत्ता हस्तान्तरण गर्ने कामका रूपमा, एकखाले उत्पादन पद्धतिका ठाउँमा अर्को उत्पादन पद्धति स्थापना गर्ने प्रक्रियाका रूपमा र एउटा युगका ठाउँमा अर्को युगको सुरुवातको अर्थमा व्याख्या गर्छ । तर, हाम्रो सन्दर्भमा यी कतिपय दायित्व पुरा गर्न बाँकी छ । त्यसैले, पार्टीले वर्तमान अवस्थालाई पुँजीवादी–जनवादी क्रान्तिका राजनीतिक अभिभारा पुरा भएको तर सामाजिक–आर्थिक रूपान्तरणको कार्यभार भने बा“की रहेको अर्थमा विश्लेषण गरेको छ ।
आजको कार्यभारलाई हामीले समाजवादका आधार तयार गर्ने कार्यभारका रूपमा परिभाषित गरेका छौँ । कार्यक्रमको सन्दर्भमा जनताको बहुदलीय जनवाद समाजवादको आधार तयार गर्ने कार्यक्रम हो, आफूैमा समाजवादी कार्यक्रम होइन । तत्काल समाजवादी कार्यक्रम अगाडि सार्नुपर्छ भन्ने मान्यता अघि सार्ने हो भने हामीले अतिवादी गल्ती गरिरहेका हुनेछौँ । राजतन्त्रको अन्त्य र सामन्ती अर्थ–राजनीतिक प्रणालीको समाप्तिजस्ता जनताको बहुदलीय जनवादी कार्यक्रम (२०४९) का कतिपय अभिभारा पुरा भएका छन् । तर, राष्ट्रिय पुँजीको विकास गर्ने, उत्पादक शक्तिको उन्नयन गर्ने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने, असमान सन्धिहरू खारेज गर्ने, राष्ट्रियतालाई थप सुदृढ गर्ने र सामाजिक–सांस्कृतिक क्षेत्रमा रहेका सामन्तवादका अवशेष अन्त्य गर्नेजस्ता उक्त कार्यक्रममा उल्लिखित कतिपय विषय पुरा भएका छैनन् । तसर्थ, आज पनि हामी जबजको कार्यक्रम कार्यान्वयनकै चरणमा छौँ । यो कार्यक्रम कार्यान्वयन गर्दै समाजवादका आधार तयार पार्ने काममा हामीलाई जबजले मार्गदर्शन गर्छ । तसर्थ, जनवादी क्रान्ति पुरा भएकाले कार्यक्रमका रूपमा जबजको सान्दर्भिकता बाँकी रहेन, यता यो सिद्धान्त भने बनिसकेकै छैन भन्नेजस्ता तर्क गर्नु गम्भीर भूल हुन्छ । जनताको बहुदलीय जनवादका कार्यक्रमिक अभिभारा पुरा गर्ने, समाजवादका आधार तयार गर्ने र समाजवाद निर्माण गर्ने समग्र प्रक्रियामा हामीलाई जबजले मार्गदर्शन गरिरहनेछ ।
सामाजिक–आर्थिक रूपान्तरण, समाजवादको आधार निर्माण र समाजवादी लक्ष्य प्राप्तिको सुनिश्चितताका लागि श्रमजीवी वर्गले प्रतिस्पर्धामा निरन्तर श्रेष्ठता हासिल गर्नु अनिवार्य पुर्वसर्त हो । प्रतिस्पर्धामा बुर्जुवा वर्गले निरन्तर अग्रता हासिल ग¥यो भने हाम्रो क्रान्ति दिशाहीन हुने, यो यथास्थितिवादमा सीमित हुने या एकाधिकार पुँजीवादतिर अग्रसर हुने जोखिम रहन्छ । त्यसैले महाधिवेशनले श्रमिक वर्गको पार्टी कम्युनिस्ट पार्टीको नेतृत्व स्थापित गर्दै जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने विषयलाई आगामी कार्यदिशाका रूपमा निक्र्योल गरेको छ । महाधिवेशनबाट पारित मूल नाराले हाम्रो यही कार्यदिशालाई सुत्रबद्ध रूपमा अभिव्यक्ति दिएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..